शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विवादास्पद जीतसँगै ला लिगाको शीर्ष स्थानमा रियल

सोमबार, ०८ असार २०७७, ०७ : ११
सोमबार, ०८ असार २०७७

रियल सोसिडाडविरुद्ध संघर्षपूर्ण जीत हासिल गर्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा रियल २–१ गोल अन्तरले विजयी बनेको हो ।

जिनेदिन जिदानको टोली र बार्सिलोनाको समान अंक भए पनि हेड टु हेडको आधारमा रियलले शीर्ष स्थान कब्जा गरेको हो । शुक्रबार बार्सा सेभियासँग गोलरहित बराबरीमा रोकिएको थियो ।

खेलको दोस्रो हाफमा भिनिसियस जुनियरलाई फल हाने रियलले पेनाल्टी पाएको थियो जसलाई कप्तान सर्जियो रामोशले सजिलै गोलमा परिणत गरे । करिम बन्जेमाले खेलको ७० औँ मिनेटमा रियलको अग्रता दोब्बर बनाए । ८३ औँ मिनेटमा मिकेल मेरिनोले सोसिडाडका लागि गोल फर्काएपनि त्यो सान्तवना गोलमात्र बन्न पुग्यो ।

यसअघि अदनान जानुजाजले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । तर, भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) ले उक्त गोललाई रद्द गरेपछि विवादित बनेको थियो । त्यसगत्तै बेन्जेमाले रियलका दोस्रो गोल गरेका थिए । उक्त गोलमा पनि हयान्डबलको सम्भावनालाई भीएआरले खारेज गरेको थियो ।

सन् २०१२ मा अन्तिम पटक लिग जितेको रियल अब उपाधिबाट ८ जीत टाढा रहेको छ । बार्सिलोनाले मंगलबार एथ्लेटिक बिल्बाओको आतिथ्य गर्नेछ भने बुधबार रियल र मायोर्काबीचको खेल हुनेछ ।

आइतबार राति भएका अन्य खेलमा सेल्टाभिगोले आलाभेसलाई ६–० तथा भ्यालेन्सियाले ओसासुनालाई २–० गोलअन्तरले पराजित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप