बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरकी तेह्र वर्षीया बालिका बेचबिखन गर्ने दुई पक्राउ

सोमबार, ०८ असार २०७७, ०७ : ३७
सोमबार, ०८ असार २०७७

प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोले १३ वर्षीया बालिकालाई भारत लगेर बेच्ने दुईजनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले ललितपुर महानगरपालिकाकी १३ वर्षीया बालिकालाई काम लगाइदिने भन्दै बेचबिखन गर्ने सिन्धुपाल्चोकका २२ वर्षीय कृष्ण मगर र २८ वर्षीय प्रवीन तामाङलाई पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक गोविन्द थपलियाले काममा लगाइदिने भन्दै ललाइफकाई गरी भारत पु-याएको अवस्थामा जेठ ३० गते भारतीय प्रहरीको सहयोगमा उत्तर प्रदेशबाट बालिकाको उद्धार गरिएको जानकारी दिए ।

प्रवक्ता थपलियाले पक्राउ परेका मगर र तामाङले २०७६ फागुनमा ती बालिकालाई गोँगबुस्थित नयाँ बसपार्कबाट भैरहवा–सुनौली जाने बसमा चढाएर उत्तरप्रदेश पु-याएको अनुसन्धानमा खुलेको बताए । पक्राउ परेका दुवैलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान तथा कारवाही हुने ब्यूरोले जनाएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप