सामुहिक बलात्कार प्रयास आरोपमा तीनजना पक्राउ
सोमबार, ०८ असार २०७७, ०९ : ५९
तुलसीपुर – सामूहिक बलात्कार प्रयासको आरोपमा गढवामा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गढवा गाउँपालिका–६ निवासी मनिकापुर निवासी १८ बर्षका दिपक पुन, सोही ठाउँ निवासी १८ बर्षका ज्ञानबहादुर पुन र २७ बर्षका मानबहादुर पुन रहेको प्रहरीले जानकारी दिएको छ ।
गएको जेठ २९ गते एक बालिकालाई सामूहिक बलात्कार प्रयास गरेको प्रहरीले बताएपनि पीडितले भने बलात्कार नै भएको दाबी गरेकी छन् ।