शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एघार विधामा आइसिटी अवार्ड हुने, अनलाइन नोमिनेशन शुरू

सोमबार, ०८ असार २०७७, १९ : १६
सोमबार, ०८ असार २०७७

काठमाडौं । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा स्थापित आइसिटी अवार्डको पाँचौँ संस्करणको अनलाइन नोमिनेशन (आवेदन) आजदेखि शुरु भएको छ । ‘लिभिङ विथ आइसिटी’को आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाको सहकार्यमा आयोजना हुने आइसिटी अवार्ड २०२० को अनलाइन आवेदन आगामी साउन १६ गतेसम्म खुला गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
    
यस वर्ष विभिन्न ११ विधामा आइसिटी अवार्ड आयोजना हुनेछ । कोभिड–१९ महामारीका कारण आइसिटी अवार्ड यस वर्ष केही समय ढिला हुन गएको छ । हरेक वर्ष १७ अगस्टमा आयोजना हुने अवार्डको फिनाले कार्यक्रम यस वर्ष केही समय ढिला हुनेछ । अनलाइन आवेदनको मिति सकिएपछि समय र अवस्था हेरेर अवार्डको फिनाले मिति घोषणा गरिने आइसिटी अवार्ड २०२० का संयोजक राजन लम्सालले बताए ।
    
उनका अनुसार ११ विधाका अवार्डमध्ये इन्नोभेसन इन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड थप गरिएका नयाँ विधा हुन् । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड विधा इन्नोभेसन, प्रडक्ट र स्टार्टअपसँग सम्बन्धित अवार्ड विधाहरू हुन् । 

यसैगरी पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी र मिडिया पर्सन आइसिटी अवार्ड व्यक्तिलाई प्रदान गरिने अवार्डका विधा रहेका छन् । डिजिटल गभर्नेन्स आइसिटी अवार्ड सरकारी संस्था र डिजिटल एजुकेशन आइसिटी अवार्ड सामुदायिक शैक्षिक संस्थानलाई प्रदान गरिने अवार्ड विधा रहेका छन् । सन् २०१६ देखि शुरु भएको आइसिटी अवार्डमा विभिन्न विधामा गरेर अहिलेसम्म ३० बढी व्यक्ति, संस्था, कम्पनी तथा प्रडक्ट सम्मानित भइसकेका संस्थाले विज्ञप्तिमार्फत जनाएको छ ।
    
यस वर्ष अवार्डको छनोट प्रक्रियालाई व्यवस्थित र सहज बनाउन १२ जना जुरी सदस्य र १० बढी जुरी सल्लाहकार सदस्य रहेका छन् । छनोट प्रक्रिया विभिन्न चरणमा हुनेछ । स्टार्टअप, प्रडक्ट, स्टुडेन्ट प्रोजेक्ट र इन्नोभेसनमा विभिन्न चरणबाट उत्कृष्ट पाँच छान्दै अनलाइन तथा एसएमएस भोटिङ पनि सञ्चालन हुनेछ भने अन्य विधामा जुरी समूहले विभिन्न चरणमा छनोट प्रक्रिया सञ्चालन गर्नेछन् । अवार्डलाई निष्पक्ष, व्यवस्थित र अझ परिष्कृत बनाउने तयारी गरिएको संयोजक लम्सालले बताए ।
    
अवार्ड विजेतालाई विशिष्ट सम्मानसँगै शिल्ड प्रदान गरिनेछ । स्टार्टअप, प्रडक्ट, स्टुडेन्ट र इन्नोभेसनका विधाका विजेतालाई गत वर्ष झैँ बैंकको सरल कर्जा र लगानीसँग जोडिनेछ । अवार्डमा नोमिनेशन तथा आवेदन दिनका लागि आधिकारिक वेबसाइट ष्अतबधबचम।यचन मा गएर सम्बन्धित विधा (क्याटेगोरी) अनुसार अनलाइन फारम बुझाउनुपर्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप