बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मंगलबार यी राशिका लागि हुनेछ अशुभ

मङ्गलबार, ०९ असार २०७७, ०६ : ३०
मङ्गलबार, ०९ असार २०७७

वि.सं.२०७७ साल आषाढ ०९ गते । मंगलबार । ईश्वी सन् २०२० जुन २३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ शुक्लपक्ष । तिथि– द्वितीया,१५ घडी ११ पला,बिहान ११ बजेर १५ मिनेट उप्रान्त तृतीया । नक्षत्र– पुनर्वसु,२२ घडी १८ पला,दिउसो ०२ बजेर ०६ मिनेट उप्रान्त तिष्य । योग– ध्रुव,१७ घडी १८ पला,दिउसो १२ बजेर ०६ मिनेट उप्रान्त व्याघात । करण– कौलव,बिहान ११ बजेर १५ मिनेट उप्रान्त तैतिल,बेलुकी १० बजेर ४७ मिनेट उप्रान्त गर । आनन्दादिमा– स्थिर योग । चन्द्रराशि–मिथुन,बिहान ०८ बजेर ०७ मिनेट उप्रान्त कर्कट । 

काठमाडौंमा सूर्योदय ०५ बजेर १० मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३५ पला । जगन्नाथ रथयात्रा । ओलम्पिकदिवस ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय राम्रो रहेकोले छोटो दुरिको यात्रा गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखि रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मौषमको  ख्याल गर्नुहोला छाती तथा श्वास प्रश्वास सम्बन्धि समस्या आउँन सक्छ । अरुकै लहैलहैमा लागेर आफ्नो सस्कार भुल्दा पछी गएर पछुतो हुने ग्रहयोग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसायबाट सोचे जस्तो आम्दानी हुने छैन । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला गन्तव्य पहिल्याउन मुस्किल पर्नेछ । माया प्रेममा नजिक हुँदा अविश्वास बढ्ने हुनाले आजको दिन टाडै रहनु उचित हुनेछ । आफन्त तथा दाजु भाईसँग सानो कुरामा विवाद बढ्नेछ भने गैर व्यायिक कामहरु नगर्नुहोला समय तपार्ईँको पक्षमा रहेकोछैन । खेलकुद तथा शाहशिलो क्षेत्रमा पनि तपार्ईँको पक्षमा नतिजा नआउँन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा न्यून नाँफा कमाउँन सकिनेछ । प्रविधिको प्रयोग गरि अध्ययनलाई निरन्तरता दिन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ । बचन पूरा गर्न नसक्दा आफन्त तथा ईष्टमित्रहरु तपार्ईँदेखि टाडिन सक्छन् ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । बोल्दा ध्यान नदिए गलत निर्णयहरु हुनेछन् ।
 
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । पढाइ लेखाइमा मन जानाले भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्य हरुविच घनिष्टता बढेर जानेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगती हुनेयोग रहेकोछ । बिहानको समय मध्ययम रहेकोले काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना तिर्नु पर्ने हन सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहानको समय उत्तम रहेकोले पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ भने चाहेका उपलब्धिहरु हासिल गर्न सकिनेछ । मध्यान्हबाट व्यावसायबाट भनेजस्तो आम्दानी नहने हुँदा थप काम गर्न जागर हराएर जानेछ । घरमा आफन्त विच नै मनमुटाव बढ्ने योग रहेकोछ भने माया प्रेममा धोका हुन सक्छ सचेत रहनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसाय समान्य आम्दानी हुनेछ । पानी तथा खनिज पदार्थको व्यावसायबाट रकम हातलागी हुने योग रहेकोछ । प्राकृतिक स्रोत तथा पैत्रिक सम्पतिको प्रयोग गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ भने बैक तथा बित्तिय क्षेत्रबाट आम्दानी गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नोकरीमा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्नेछ भने सहयोग गर्ने कमै भेटिनेछन् । पहिले निर्णय भैसकेका मुद्दाहरु आईलाग्ने हुदा मानशिक तनाव बढ्नेछ । सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । माया प्रेममा आफ्नो मायालुसँग मनमुटाव बढ्नेछ । आफ्नो भन्दा पनि अरुकै कामको लागि दिनभर ब्यस्त रहदा आफ्नो काम थाती रहनेछ । व्यापारमा व्यावसायमा लगानी गर्न केहि समय पर्खनु उचित हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानी बालुवामा पानि जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । नीति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ  ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिहानको समय राम्रो रहेकोले व्यापार व्यावासायबाट सामान्य आम्दानी हुनेछ । अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यक्ताहरु पूरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पतीको प्रयोग गर्दा ख्याल गर्नुहोला । खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सवारि साधन तथा अन्य बस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । प्रेममा एक अर्कालाई अबिश्वास गर्दा मनमुटाव बढ्नेछ । व्यावसायिक यात्रा भएपनि गन्तब्य पहिल्याउँन हम्मे हम्मे पर्नेछ । बिहानको समय राम्रो रहेकोले अध्ययनमा प्रगती गर्न  सकिनेछ । विवाद तथा प्रतिष्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । ऋण लाग्ने तथा सापटी मागेर दैनिकी गुजार गर्नुपर्ने अवस्था आउनसक्छ । अध्ययन अध्यापनमा मन नजादा अरुभन्दा पछी परिनेछ । प्रेम सम्बन्धमा चिसोपन बढ्नेछ ध्यान दिनुहोला । विवादित विषयमा सहभागी नहुनु होला समय मध्ययम रहेकोछ । मामा तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) खानपानमा बिशेष ध्यान दिनुहोला, पेट सम्बन्धि समस्या आउन सक्छ । पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसायमा मन्दि आउनेछ । भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा नचाहादा नचाहादै एक अर्काबिच छुट्टिनु पर्दा मनमा खल्लोपन महशुष हुनेछ । सन्तान तथा छोराछोरिसँग पनि मनमुटाव सिर्जन हुने योग रहेकोछ ।

तपाईँ दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप