शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिटीको गोल वर्षा, उपाधिका लागि लिभरपुलले थप केही समय पखर्नुपर्ने

मङ्गलबार, ०९ असार २०७७, ०७ : ०१
मङ्गलबार, ०९ असार २०७७

फिल फोडेन र रियाद महारेजको दुई–दुई गोलको मद्दतले म्यान्चेस्टर सिटीले बर्नलीमाथि ५–० को सहज जित हासिल गरेको छ । जीतसँगै लिभरपुलले अब थप केही समय प्रिमियर लिगको उपाधिका लागि पर्खनुपर्ने भएको छ ।

पहिलो हाफमा नै सिटीले तीन गोल गरेको थियो । फोडेनले खेलको २२ औँ मिनेटमा सिटीलाई अग्रता दिलाएका थिए । महारेजले ४३ औँ मिनेटमा अग्रतालाई दोब्बर बनाए । इन्जुरी समयमा पेनाल्टीबाट उनले अर्को गोल थपे ,

दोस्रो हाफको शुरुवातमा डेभिड सिल्भाले सिटीका लागि चौथो गोल थपे भने ६३ औँ मिनेटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई सहज जित दिलाए ।

आजको खेलमा सिटीले अंक गुमाएको भए बुधबार एनफिल्डमा क्रिस्टल प्यालेसविरुद्धको खेल जित्दै लिभरपुलले प्रिमियर लिगको उपाधिमाथि कब्जा जमाउने थियो । तर, अब लिभरपुलले उपाधिका लागि थप केही खेल प्रतिक्षा गर्नुपर्ने भएको छ ।

सिटीले अब बिहीबार स्टाम्फोर्ड ब्रिजमा चेल्सीको सामना गर्नेछ । दोस्रो स्थानमा रहेको सिटीको ३० खेलबाट ६३ अंक रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप