केन्द्रीय संस्करण

रोनाल्डोको गोलमा युभेन्टस विजयी

person explore access_timeअसार ९, २०७७ chat_bubble_outline0

बोलोग्नालाई हराउँदै इटालियन क्लब युभेन्टसले आफ्नो सिरिए ए को उपाधि रक्षा सुरु गरेको छ । जीतपछि पछिल्लो आठवटा लिग उपाधि जितेको युभेन्टसले शीर्ष स्थानमा लाजियोसँग ४ अंको दुरी बनाएको छ ।

खेलको पहिलो हाफमा पेनाल्टीबाट गोल गर्दै क्रिस्टियानो रोनाल्डोले युभेन्टसलाई अग्रता दिलाएका थिए । ३६ औँ मिनेटमा पाउलो डिबालाले युभेन्टसको अग्रता दोब्बर बनाए ।

खेलको अन्त्यतिर ड्यानिलोले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न परेपछि युभेन्टस १० खेलाडीमा सिमित बनेको थियो ।

कोरोनाभाइरसको महामारीपछि स्थगित भएको लिग सुरु भएयता युभेन्टसले सोमबारको खेलअघि दुई खेल खेलेको थियो । जसमा कोपा इटालियाको सेमिफाइनलमा गोलरहित बराबरीमा रोकिएपछि एसी मिलानलाई पेनाल्टीमा हराएको थियो भने फाइनलमा नापोलीसँग पेनाल्टीमा नै पराजित भएको थियो ।

२७ खेलपछि युभेन्टसको ६६ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको लाजियोको ६२ अंक रहेको छ । लाजियोले एक खेल कम खेलेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.