केन्द्रीय संस्करण

छेपारो

person explore access_timeअसार ९, २०७७ chat_bubble_outline0

अन्तोन चेखब

प्रहरी हाकिम ओचुमेलोब नयाँ ओभरकोट पहिरेर हातमा एउटा बण्डल च्याप्दै चोक बजारबाट अगाडि बढ्दै छ । रातो कपालवाला सिपाही हातमा टोकरी लिएर हाकिमको पछि पछि लम्किरहेको छ । टोकरीमा भर्खरै जफत गरिएको ऐँसेलु टन्नै भरिएको देखिन्छ । सडक चारैतिर शान्त छ ....चोकमा एउटै मानिस छैन......। पसल र भट्टीका झ्याल ढोकाका खापा सबै खुल्ला छन् । लाग्छ, ती खुल्ला खापाहरु भोकाहरुलेजस्तै मुख बाएर ईश्वरको सृष्टिलाई उदासी भरिएका आँखाले ट्वाल्ल हेरिरहेकाछन् । वातावरण कतिसम्म शान्त छ भने यतिखेर सडकआसपास कुनै एक भिखारी पनि देखिएको छैन ।

”एँ तँ मलाई टोक्ने ? दुष्ट राक्षस कहीँको !“ ओचुमेलोबका कानमा अचानक यो आवाज ठोक्किन्छ । ”समात् समात् केटा हो, यो राक्षस कतै उम्केर जान नपाओस् र यसले फेरी कसैलाई टोक्न नपाओस् । समात् समात् .....आः समात्दै छ ! ल अव ठीक छ ।“

कुकुरले कुइँकुइँ गरेको आवाज सुनिन्छ । ओचुमेलोबले मुन्टो फर्काएर हेर्छ । व्यापारी पिचुगीनकी छोरीको पसलअगाडिबाट एउटा कुकुर तीन खुट्टामा भाग्दै दगुर्दै छ । एकजना मान्छे त्यस कुकुरका पछाडि दगुरेको छ । त्यस  मान्छेले छिटको कलफदार कमिज र त्यसमाथि वास्कोट लाएकोछ । वास्कोटमा टाँक एउटै छैन । त्यो मानिस पछाडिबाट कुकुर समात्ने कोसिसमा छ । समात्ने हतारमा झण्डै झण्डै लड्छ र पनि बल्ल सम्हालिँदै कुकुरको पछाडिको खुट्टा समात्न भ्याउँछ । कुइँ कुइँ कुइँ कराउँछ कुकुर ।” एः उम्कन नपाओस् है !“ कसैको दह्रो आवाज गुन्जन्छ । भित्र उँघिरहेका पसलेहरु पसल पसलबाट गर्धन बाहिर निकालेर हेर्न थाल्छन् । यत्तिकैमा चोकमा एकाएक मानिसको भीड उम्रन्छ । मानौँ त्यतै कतै पृथ्वी उधारेर त्यहाँ भित्रबाट यी मानिस यहाँ भीड लागेका होउन् ।


कुकुरले कुइँकुइँ गरेको आवाज सुनिन्छ । ओचुमेलोबले मुन्टो फर्काएर हेर्छ । व्यापारी पिचुगीनकी छोरीको पसलअगाडिबाट एउटा कुकुर तीन खुट्टामा भाग्दै दगुर्दै छ । एकजना मान्छे त्यस कुकुरका पछाडि दगुरेको छ । त्यस  मान्छेले छिटको कलफदार कमिज र त्यसमाथि वास्कोट लाएकोछ । वास्कोटमा टाँक एउटै छैन । त्यो मानिस पछाडिबाट कुकुर समात्ने कोसिसमा छ ।


 “हजू्रर साहब, त्यहाँ झगडा मच्चिँदैछ जस्तो लाग्छ । के भाको हो !” सिपाही भन्छ ।

ओचुमेलोव बायाँ मोडिन्छ र भीड भएतिर लम्कन्छ । पसलको ठीक अगाडि एउटा मान्छे उभिएको छ । उसको वास्कोटका टाँक गायब छन् । उ दायाँ हात माथि उचालेर आफ्नो रगतपच्छे औंला देखाइरहेको छ । उसको नसिलो अनुहारमा स्पष्ट लेखिएझैँपढ्न सकिन्छ...“तँलाई म त्यसै छोड्नैवाला छैन बुझिस् कुत्ते ?” माथि ठड्याइएको उसको हात र औँलाहरु पनि विजयपताका जस्ता देखिन्छन् । ओचुमोलेवले त्यस व्यक्तिलाई चिन्छ । त्यो यतैको सुनार हो ख्रूकिन । उसका अगाडि सडकको बीचोबीच ग्रेहाउण्ड जातको सेतो छाउरो अपराधीले जस्तै अगाडिका दुवै खुट्टा पसारेर लुमुक्क पर्दै थुतुनोदेखि पुच्छरसम्म काँपेको छ । उसको थुतुनो चुच्चे छ । ढाडमा पहेँलो दाग छ । आँसु भरिएका उसका आँखामा आपत्विपत् र डरको गाढा छाप छ ।

 “केको हाहल्ला हो यो ?” आफ्ना दुवै कुमले भीड चिर्दै पसेर ओचुमोलेव सोध्छ, “एः तिमी किन आफ्नो औँला माथि उठाइराछौ ? अहिले यहाँ चिच्याइरहेको को ?”

 “हजूर, म चूपचाप आफ्नो बाटो हिँड्दै थिएँ !” आफ्नो मुखनिर हात राखेर खोक्दे ख्रूकिनले भन्यो, “एक बालिकका विषयमा मिबी मित्रीचसँग मेरो केही काम थियो र निस्केको थिएँ । मैले पत्तै नपाई अकस्मात् नै यस कुत्ताले आएर  मेरो औँला टोकिदियो । माफ गर्नुस् हजूर, म मेहनत गरेर दानापानी जुटाउनु पर्ने मान्छे । मेरो काम पनि सजिलो छैन । यी औँलाले म एक हप्तासम्म काम गर्नै सक्दिन होला । मलाई क्ष्तिपूर्ति दिलाइदिनुहोस् हजूर, । अनि हजूरु, यी यस्ता जन्तुले हामीलाई जथाभावी टोकिरहुन्, हामी चूपचाप सहिरहूँ यस्तो त कुनै कानूनमा लेखेको छैन । बाटो हिँड्दा सवै कुकुरले यसरी नै टोक्ने हो भने  हामीजस्ताले कसरी बाँच्ने ?”

 “हुँ....ए....त्यस्तो ....?” घाँटी सफा गर्दै...आँखीभौँ उचाल्दै ओचुमेलोवले भन्यो, “ल ठीक छ । यो कुकुरचाहिँ कसको हो ? ल भन । म कार्बाही नगरी त्यसै छोड्दिनँ । कुनै हालतमा छोड्दिनँ । यसरी कुकुर छाडा छाड्नुको स्वाद राम्ररी चखाएरै छाड्छु । कानूनमुताबीक नचल्ने मानिससँग  कडाइको व्यवहार त गर्नैपर्छ । म त्यसको दिमाग ठाउँमा आउने गरी कडाभन्दा कडा सजाय दिन्छु । बदमास कहीँको ! आफ्नो कुकुर र बस्तुभाउ सडकमा छाडा छोड्नुको नतिजा के हुन्छ सजाय पाएपछि बल्ल थाहा पाउँछ !”  आफ्नो सिपाहीलाई सम्बोधन गर्दै ओचुमोलोवले भन्यो, “यो कुकुर कसको रहेछ तुरन्त पत्ता लगा । एउटा रिपोर्ट तैयार गर् र यस कुत्तालाई मराइदे ।  यो कुकुर बहुलाहा पनि हुनसक्छ । म सोध्दैछु यो कुकुर कसको.... ?”


 “हुँ....ए....त्यस्तो ....?” घाँटी सफा गर्दै...आँखीभौँ उचाल्दै ओचुमेलोवले भन्यो, “ल ठीक छ । यो कुकुरचाहिँ कसको हो ? ल भन । म कार्बाही नगरी त्यसै छोड्दिनँ । कुनै हालतमा छोड्दिनँ । यसरी कुकुर छाडा छाड्नुको स्वाद राम्ररी चखाएरै छाड्छु । कानूनमुताबीक नचल्ने मानिससँग  कडाइको व्यवहार त गर्नैपर्छ । म त्यसको दिमाग ठाउँमा आउने गरी कडाभन्दा कडा सजाय दिन्छु । बदमास कहीँको !


       “यो शायद झिगालोग जर्सावको कुकुर हो !” भीडबाट कसैले भन्यो ।

“झिगालोग जर्सावको ?! अँ ए एल्दिरिन, मेरो कोट् फुकाल् त । उफ् ! कस्तो गर्मी !! पानी पर्लाजस्तो पो छ । अँ...मैले बुझ्न सकेको छैन यस कुकुरले तँलाई नै टोक्यो चाहिँ कसरी ?” ख्रूकिनतिर मोडिँदै ओचुमेलोवले भन्यो, “यो यत्रो कुकुर तेरा औँलासम्म कसरी पुग्यो ? यो यति फुच्चे जन्तु तँ यति लक्का जवान मान्छे ! कुनै किलासिलामा परेर घाइते भएको होला तेरो औँला । कुकुरले टोक्यो भन्न पाए क्ष्तिपूर्ति पाउँला भनेर तैँले कुरा बनाएको होस् । तँजस्ता बदमासको रौँ रौँ नसा नसा थाहा छ मलाई, बुझिस् ?”

“ख्यालख्याल ठानेर यसले कुकुरको थुतुनोमा आपूmले तान्दातान्दैको चुरोटको ठुटो झोस्यो । कुकुर पनि लाटो थिएन । यसको चुरोट समात्ने औँलामै क्याक्कै टोकिदियोे । यो आपैm सिल्ली मान्छे हो !” भडिबाट कसैले भन्यो ।

“अरे लिच्चड, भूmट किन बोल्छस् ? जब तैँले देखेकै छैन त कुरा बनाई बनाई किन बोल्छस् ? हाकिम साहव आपैm समझदार हुनुहुन्छ । को साँचो को झुटो वहाँ आपै थाहा पाउनु हुन्छ !”

 “म झुट्टा रहेछु भने अदालतबाट त्यस्तै पैmसला गराएर ले ! कानुनमा लेख्याछ ‘अव हामी सवै बराबर छौं ।’ खूद मेरो भाइ पनि पुलिसमा छ । म भन्दिन्छु,....बुझिस् ? अँ.....”

“बकबास बन्द गर् !”

“हैन, हैन, यो जर्साबको कुकुर हैन !” सिपाहीले गम्भीर हुँदै भन्यो, “वहाँको महलमा यस्तो कुकुर छँदैछैन । वहाँका त सवै कुकुर सिकारी पोन्टर मात्रै छन् ।”

“तँलाई ठीक–ठीक थाहा छ ?”

“छ साहप !”

“मलाई पनि थाहा छ । जर्सापका कुकुर सवै असल जातका छन् । एक से एक महँगाा कुकुर छन् जर्सापका महलमा । यो कुकुर ? यो कुनै कुकुरजस्तो कुकुर छ र ? हेर न कस्तो मरनच्याँसे लुते ! कल्ले पाल्छ यस्तो कुकुर ? तिमीहरुको दिमाग त ठीक छ ? मस्कोमा पीटर्सबर्गमा यदि यस्तो कुकुर देखियो भने थाहा छ, के गर्नु पर्छ ? नियम कानुन खोज्नतिर नलागी मिनटभरमा सिध्याइदिनुपर्छ । ख्रूकिन, तिमीलाई  घाउ भा छ ? यस मामिलालाई तिमी यसै यत्तिकै नछोड ! यी बदमासहरुलाई तिनका बदमासीको स्वाद चखाउनै पर्छ । त्यसै त्यत्तिकै काम चल्दैन !”


“मलाई पनि थाहा छ । जर्सापका कुकुर सवै असल जातका छन् । एक से एक महँगाा कुकुर छन् जर्सापका महलमा । यो कुकुर ? यो कुनै कुकुरजस्तो कुकुर छ र ? हेर न कस्तो मरनच्याँसे लुते ! कल्ले पाल्छ यस्तो कुकुर ? तिमीहरुको दिमाग त ठीक छ ? मस्कोमा पीटर्सबर्गमा यदि यस्तो कुकुर देखियो भने थाहा छ, के गर्नु पर्छ ?


“तर..यो कुकुर जर्सापकै पनि त हुन सक्छ !” सिपाही आपैmसँग बोल्छ, “यसको निधारमा लेख्या त छैन । जर्सापको कम्पाउण्डमा हिजो मैले दुरुस्तै यस्तै कुकुर देख्याथिएँ !”

“हो हो यो कुकुर जर्सापकै हो !” भीडभित्रबाट कसैको आवाज आउँछ ।

“हँ...!? ए एल्दिरिन मेरो कोट मलाई लगाइदे त ! मलाई जाडो लागिरा छ । यस कुकुरलाई जर्सापकोमा लिएर जा र निक्र्यौल गर् । जर्सापकै रहेछ भने ‘ओचुमेलोव साहेबले भेट्टाएर पठाएदिनुभएको’ भनेर बिन्ती गर्नू । अनि हेर, सँगै के पनि बिन्ती गर्नूृ भने ‘यस्तो कलिलो कुकुरलाई सडकमा निस्कन दिनु उचित नपर्ला कि ? मानिसहरु यो कति महँगो कुकुर हो त्यो मर्म बुझ्दैनन् । कुनै बदमासले यसको थुतुनोेमा चुरोको ठुटो झोसिदियो भने यो बर्बाद हुन्छ । कुकुर यसै त धेरै नाजुक जनावर हो !’.......एः हात तल झार् त ख्रूकिन, स्वाँठ कहीँको ! आफ्नो त्यो फोेहरी औँला दुनियाँलाई किन देखाउँछस् हँ ? सारा कसूर तेरो हो, तेरो....!”

“उः जर्सापका भान्छेकाजी यतै आउँदै छन् । उनलाई सोधेपछि पक्का हुन्छ ।... एः..प्रोखोरजी, एक छिन यता आउनुस् त भाइ, यो कुकुर हेर्नूस् त ! यो तपाइँहरुको कुकुर होइन ?”

“आम्मै, वाह ! हाम्रो महलमा यस्तो कुकुर कहिल्यै थिएन !!

“यो सोध्ने कुरै होइन । बेकारमा समय बर्बाद गर्नु छ र ?” ओचुमेलोव भन्छ, “यो साह्रैआना भुस्याहा कुकुर हो । यहाँ उभिएर यस कुकुरका बारेमा कुरा गर्नु व्यर्थैमा समय बर्बाद गर्नु मात्रै हो । भनेँ नि, भुस्याहा भनेपछि भुस्याहा ! मार्दे यसलाई, अनि काम खत्तम !”

“हाम्रो त होइन”, फेरी कुकुरतिर हेर्दै प्रोखोर भन्छ, “तर यो जर्सापका भाइको कुकुर हो । हाम्रो जर्सापलाई ग्रेहाउण्ड कुकुरमा कुनै रुचि छैन । तर वहाँका भाइलाई यो जातको कुकुर मन पर्छ ।”

“के भन्नुभो ? जर्सापका भाइ आउनभा छ ! व्लादिमीर इबानिच आउनु भा छ ?” ओचुमेनोव अचम्म मान्दै अचानक बोल्छ । उसको अनुहार आह्लादले चमक्क चम्केको छ । भन्छ, “हेर  त ! मलाई त थाहै थिएन । अहिले वहाँ यतै रोकिनुहुन्छ कि कसो ?”

“हो !”


“के भन्नुभो ? जर्सापका भाइ आउनभा छ ! व्लादिमीर इबानिच आउनु भा छ ?” ओचुमेनोव अचम्म मान्दै अचानक बोल्छ । उसको अनुहार आह्लादले चमक्क चम्केको छ । भन्छ, “हेर  त ! मलाई त थाहै थिएन । अहिले वहाँ यतै रोकिनुहुन्छ कि कसो ?”


“एक छिन सोच त, ब्लादिमीर इबानीच आफ्ना दाइलाई भेट्न आउनुभा छ ! वहाँ आउनुभा छ भन्ने मलाई त थाहै भएन । त्यसो भए यो कुकुर वहाँकै हो ? यो त बडो खुसीको कुरा भयो । ल यसलाई लिएर जानुस् । कुकुर धेरै राम्रो छ ! चलाख छ !! त्यसको औँलामा क्याक्क टोक्यो । हा हा हा...ठीक छ, ठीक छ अव थर्थर काँप्न पर्दैन बाबु, गुर्र गुर्र गर्छस् ? बदमास ? तँलाई रिस उठ्यो ? कति घुतुमुने, कति राम्रो छाउरो...... !”

प्रोखोर कुकुरलाई आफूतिर बोलाउँछ र पसल अगाडिबाटै महलतिर लिएर जान्छ । त्यहाँ जुटेको भीड ख्रूकिनमाथि छेडछाड गर्दै हाँस्न थाल्छ ।

“म तँलाई ठीक पार्दिन्छु ! बुझिस् ?” ओचुमोलोव ख्रूकिनलाई धम्की दिन्छ र आफ्नो ओभरकोट सम्हाल्दै चोकबजार बीचबाट आफ्नो बाटो लाग्छ ।

प्रस्तुतिः एसआरन

 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.