मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

हिन्दी गीतको भिडियोमा नेपाली मोडल सभ्यता

मङ्गलबार, ०९ असार २०७७, १३ : ४३
मङ्गलबार, ०९ असार २०७७

काठमाडौं । नेपाली मोडल सभ्यता गिरी हिन्दी गीतको म्युजिक भिडियोमा देखिएकी छन् । उनी ‘पसंद आया’ बोलको हिन्दी गीतको म्युजिक भिडियोमा देखिएकी हुन् ।

भिडियोमा उनले भारतीय मोडल भुषण पटेलसँग रोमान्स गरेकी छन् । एआर प्रोडक्सनको निर्माण रहेको भिडियोमा अजित गाडेको कोरियोग्राफी रहेको छ ।

प्रतिभा शर्माको स्वर तथा विपिन दासको शब्द, संगीत रहेको गीतको म्युजिक भिडियो आनन्द राउतले निर्देशन गरेका हुन् । म्युजिक भिडियो भारतको चर्चित म्युजिक कम्पनी जि म्युजिकले सार्वजनिक गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप