शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

बुधबार, १० असार २०७७, ११ : ५९
बुधबार, १० असार २०७७

जुम्ला ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ४ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण देखिएपछि आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । 

प्रतिष्ठानका  निर्देशक मंगल रावलका अनुसार सेवा प्रवाह गरिरहेको खण्डमा संक्रमणको जोखिम बढ्ने भएकाले अर्को सूचना जारी नभएसम्मको लागि आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरिएको हो । 

‘कोभिड १९ को रोकथामका लागि गरिनुपर्ने सम्पूर्ण नियमहरू पालना गर्न अनुरोध गर्दै यस विषम परिस्थितिमा प्रत्येक नागरिकलाई धैर्यतापूर्वक संयमता अपनाउन पनि प्रतिष्ठानले अनुरोध गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप