बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाको स्थायी समिति बैठक शुरु

बुधबार, १० असार २०७७, १२ : ०९
बुधबार, १० असार २०७७

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कोे स्थायी समिति बैठक शुरु भएको छ । बुधबार बिहान बालुवाटारमा बैठक जारी रहेको छ । बैठकका ५ वटा एजेण्डा तय गरेको छ । बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि  बैठकका ५ वटा एजेण्डा तय भएका हुन् ।

एजेण्डाको पहिलो नम्बरमा वर्तमान परिस्थिति र स्थायी कमिटी बैठकका सम्बन्धमा अध्यक्षद्वय ओली र प्रचण्डले मन्तव्य राख्ने उल्लेख । त्यस्तै दोस्रो एजेण्डा सरकारका कामकारवाहीबारे छलफल हुने भएको छ । सरकारका काम कारवाहीबारे छलफल विषय समेत तोकिएको छ । सरकारका कामका सम्बन्धमा कोभिड १९ नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या समाधान र अन्य गरी तीन उपशीर्षक रहेका छन् ।

नेकपा नेतृत्वको सरकार पार्टीको सुझाव विपरित एकलौटी ढंगले चलेको भन्दै नेताहरुले चर्को आलोचना गर्दै आएका छन् । त्यस्तै पार्टी एकताका बाँकी कामहरुबारे पनि छलफलको एजेण्डा बनाइएको छ ।

गत माघमा सम्पन्न केन्द्रीय समिति बैठकले १५ दिनभित्र पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने निर्णय गरेपनि एकता प्रकृया टुङ्गिएको छैन ।

बैठकको एजेण्डामा एमसीसीलाई चार नम्बर बुँदामा राखिएको छ  भने ५ नम्बरमा विविध छ । खासगरी नेकपामा एमसीसीबारे चर्को विवाद छ । एमसीसीको मुल सम्झौता संशोधन नगरी स्वीकार गर्न नहुने पार्टी कार्यदलले सुझाव प्रतिवेदन बुझाइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप