बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्ला सदरमुकाममा अनिश्चितकालीन निषेधाज्ञा जारी

बुधबार, १० असार २०७७, १६ : ०४
बुधबार, १० असार २०७७

कर्णाली स्वास्थ्य स्वास्थ विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी र जिल्लाभित्र कार्यरत अन्य कर्मचारीमा पनि कोरोना भाइस पोजेटिभ देखिएसँगै जिल्ला प्रशासन कार्यालय जुम्लाले सदरमुकममा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । 
संक्रमण समूदायमा फैलिन नदिन, आशंकित व्यक्तिको खोजी कार्य तथा परीक्षणका लागि भन्दै प्रशसनले जुम्ला सदरमुकामा निषेधाज्ञा जारी गरेको हो । 

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्वारा जारी एक सूचनामा आज असार १० गते दिउँसो ३ बजेबाट अर्को निर्णय नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको उल्लेख छ।

स्थानीय प्रशासनले संक्रामक रोग ऐन २०२० को २ (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ दफा ६ (३) बमोजिम निषेधाज्ञा जारी गरेको हो । 

चन्दननाथ नगरपालिकाको पूर्वमा दान साँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिल्ला नदी सहितका चार किल्ला कायम गरेर निषेधाज्ञा गरिएको  प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । 

आजै कोभिड कमाण्ड नियन्त्रण समितिको वैठकको निर्णय अनुसार र जिल्ला सुरक्षा समितिको वैठकको निर्णय अनुसार यो निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले ईमरजन्सी बाहेक सवै सेवा बन्द गरिसकेको छ भने प्रतिष्ठानका स्वास्थ्यकर्मीहरु सवैको स्वाब लिइएको जनाईएको छ ।

कर्णाली प्रतिष्ठानमा काम गरिरहेका ४ जना र १ जना अन्य गरी ५ जनामा कोरोना पोजेटिभ देखिएपछि सर्तकता अपनाईएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप