बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धिचरण नगरपालिकाको बजेट ६४ करोड ४५ लाख

बुधबार, १० असार २०७७, १९ : ४८
बुधबार, १० असार २०७७

-रामहरि श्रेष्ठ 
ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले आर्थिक वर्ष २०७७–७८ का लागि ६४ करोड ४५ लाख ३७ हजार ७ सय ५० रुपैयाँको बजेट ल्याएको छ । नगरपालिका उपप्रमुख इच्छाकुमारी गुरुङले छैठौं नगरसभामा बुधबार प्रस्तुत गरेको बजेटमा आन्तरिक आयतर्फ १ करोड ८६ लाख १९ हजार, संघीय सरकारबाट राजश्व बाँडफाँडतर्फ ८ करोड २५ लाख ७२ हजार ७ सय ५० रुपैयाँ प्राप्त हुने बताइन् ।

यस्तै, संघीय सरकारबाटै वित्तीय समानीकरणतर्फ १० करोड ७२ लाख, प्रदेश सकारकारबाट ७१ लाख ७१ हजार रुपौयाँ प्राप्त भएको छ । सशर्त अनुदानतर्फ भने संघीय सरकारबाट ३७ करोड ९३ लाख रुपैयाँ तथा प्रदेश सरकारबाट विभिन्न योजना अन्तरगत समपूरक अनुदानतर्फ ४ करोड २३ लाख ४६ हजार रुपैयाँ प्राप्त हुने उनले जानकारी दिइन् ।

यस्तै गुरुङले सभामा संघीय सरकारबाट विशेष अनुदान ३३ लाख रुपैयाँ तथा समपुरक अनुदानतर्फ ६८ लाख रुपैयाँको अनुमानित आय प्रस्तुत गरिन् । व्ययतर्फ वडागत योजनाहरुको पूँजिगत कार्यक्रमतर्फ चार करोड ८० लाख, विषयगत शाखाबाट सञ्चालन हुने कार्यक्रममा दुई करोड १० लाख तथा सशर्त अनुदान अन्तर्गतका कार्यक्रमतर्फ २९ करोड ३७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै, संघीय समपुरका अनुदान कार्यक्रममा ६८ लाख, विशेष अनुदानतर्फ ३३ लाख, प्रदेश समपुरक अनुदानतर्फ १ करोड रुपैयाँ, नगरस्तरीय पूर्वधार विकासमा ५ करोड ५२ लाख रुपैयाँ र सामाजिक क्षेत्र विकास कार्यक्रम अन्तरगत १० करोड ४६ लाख ३७ हजार ७ सय ५० रुपैयाँसहित जम्मा ६४ करोड ४५ लाख ३७ हजार ७ सय ५० रुपौया विनियोजन गरिएका उपप्रमुख गुरुङले बताइन् ।

नगरपालिकाले कोरोना भाइरसको महामारी तथा लकडाउनका बीच चालू आर्थिक वर्षभन्दा करिब तीन करोड बढीको बजेट ल्याएको छ । चालू आर्थिक वर्षका लागि गत वर्ष ६१ करोड ३३ लाख ९९ हजार रुपैयाँको बजेट ल्याएको थियो ।  चालू आर्थिक वर्षमा ५४ करोड ८० लाख ६० हजार ८ सय ४९ रुपैयाँ आम्दानी भएको र त्यसमध्ये ४५ करोड ७५ लाख ६५ हजार ४ सय ९० रुपैयाँ १२ पैसा खर्च भएको उपप्रमुख गुरुङले सभामा जानकारी गराइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप