बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वर्षकै गर्मी दिनमा राहत पाउन समुद्र तटमा उर्लिए बेलायती

बिहीबार, ११ असार २०७७, ०६ : ३८
बिहीबार, ११ असार २०७७

बेलायतमा बुधबार गर्मीबाट राहत पाउनका लागि दक्षिणी समुद्र तटमा मानिसहरु उर्लिएका छन् ।

बुधबार बेलायतमा तापक्रम २८ डिग्री सेल्सियससम्म पुग्यो जसका कारण मानिसहरुको भीड समुद्र तटमा देखियो । यो बेलायतमा यस वर्षको सबैभन्दा गर्मी दिन मानिएको छ ।

बेलायतमा लकडाउन लगातार खुकुलो पारिँदैछ । पछिल्लो महिनादेखि मानिसहरुलाई एउटाबाट अर्को स्थानमा जाने अनुमति पाइएको छ ।

यद्यपि, बुधबार बेलायतमा कोरोना भाइरसले १५४ व्यक्ति पनि मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ हजार ८१ पुगिसकेको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप