शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्याङ्जाका कोरोना संक्रमितको मृत्यु

बिहीबार, ११ असार २०७७, ०७ : ०२
बिहीबार, ११ असार २०७७

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको गए राती मृत्यु भएको छ । अस्पतालले दिएको जानकारी अनुसार गए राति ११ : ५५ मा उनको मृत्यु भएको हो ।

मृतक असार ८ गते आइसियूमा भर्ना भएका स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरुष रहेको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । कोरोना भाइरस पोजेटिभ भेटिएका उनको शव व्यवस्थापनको तयारी भई रहेको छ । यसअघि पनि वालिङका एक पुरुषले कोरोना भाइरसको कारण ज्यान गुमाई सकेका छन् । यो सँगै गण्डकीमा कोरोना भाइरस संक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप