शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

७ वर्षपछि प्रिमियर लिगमा युनाइटेडका खेलाडीको ह्याट्रिक

बिहीबार, ११ असार २०७७, ०८ : ३६
बिहीबार, ११ असार २०७७

एन्थोनी मार्सियालको ह्याट्रिकको मद्दतले युनाइटेडले सेफिल्ड युनाइटेडविरुद्ध सहज जित हासिल गरेको छ । कुनै पनि म्यान्चेस्टर युनाइटेडको खेलाडीले प्रिमियर लिगमा सात वर्षपछि ह्याट्रिक गरेका हुन् । अन्तिम पटक लिगमा रोबिन भान पर्सीले सन् २०१२–१३ सिजनमा युनाइटेडका लागि ह्याट्रिक गरेका थिए ।

मार्सियालले खेलको सातौँ, ४४ औँ र ७४ औँ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । जीतसँगै युनाइटेडले चौथो स्थानमा रहेको चेल्सीसँगको दुरी २ अंकमा घटाएको छ । चेल्सीले बिहीबार म्यान्चेस्टर सिटीको सामना गर्दैछ ।

३१ खेलपछि युनाइटेड ४९ अंकसहित लिगको पाँचौ स्थानमा रहेको छ । सेफिल्ड ४४ अंकसहित लिगको आठौँ स्थानमा छ ।

बुधबार नै भएका अन्य खेलहरुमा एभर्टनले नर्विच सिटी र वुल्भरह्याम्पटन वान्डरर्सले बोर्नेमाउथलाई समान १–० गोलअन्तरले पराजित गर्यो । एस्टन भिल्ला र न्युक्यासल युनाइटेडले १–१ को बराबरी खेले ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप