बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कतारबाट १ सय ५८ नेपाली स्वदेश फर्किए

बिहीबार, ११ असार २०७७, १० : ५९
बिहीबार, ११ असार २०७७

युएई । कोरोनाभाइरसको महामारीका कारण कतारमा समस्यामा परेका एक सय ५८ जना नेपाली आज नेपाल फर्किएका छन् ।

हिमालयन एयरलाइन्स उडान न एचआईएम–५६३२ मार्फत कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट  स्थानीय समय अनुसार बिहान २ः०७ बजे एक सय ५८ जना स्वदेश फर्किएका हुन् । फर्कनेहरुमा ३ जना गर्भवती, ७ जना सुत्केरी, २ जना नाबालक र १ सय ४६ जना पुरुष रहेका छन्।

आज फर्कनेहरुमा धेरै संख्यामा दूतावासको प्राथमिकतामा परेका दीर्घ रोगी, जागिर गुमेका पीडितहरु छन् । उनीहरु रोजगारदाताले दिएको टिकट र कोही आफ्नै खर्चमा नेपाल फर्केका हुन्। उनीहरुलाई विमानस्थलमा नै निःशुल्क कोभिड–१९ परीक्षण गरिएको थियो । नेपाली दूतावास दोहाका अनुसार यो पहिलो चरणको तेस्रो उडान हो।

उनीहरुलाई सहजिकरण र बिदाइ गर्न दोहास्थित नेपाली दूतावासका प्रतिनिधि र एनआरएनए कतारका पदाधिकारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप