बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘पोइ पर्‍यो काले’ लाई करोड दर्शक

बिहीबार, ११ असार २०७७, १७ : ३५
बिहीबार, ११ असार २०७७

काठमाडौं । लकडाउनको मौका छोपेर करिव आधा दर्जन फिल्म युट्युवमा सार्वजनिक भएका थिए । ती फिल्म मध्यको एक हो ‘पोइ प¥यो काले’ । 

फिल्मले युट्युवमा एक करोड बढी दर्शक पाउन सफल भएको छ । सार्वजनिक प्रदर्शनमा आएको केही समयमै युट्युवमा आएको कारण फिल्मले छिट्टै धेरै दर्शक पाउन सफल भएको निर्माता किरण नेपालीले बताए ।

किरण नेपालीको निर्माण र शिशिर राणाको निर्देशन रहेको फिल्ममा सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, श्रृष्टि श्रेष्ठ, सोहित मानन्धर, सुरक्षा पन्तलगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप