केन्द्रीय संस्करण

ब्याजमा मिनाहा दिन होटल व्यवसायीको माग

person explore access_timeअसार ११, २०७७ chat_bubble_outline0

तीन महिनादेखि व्यवसाय बन्द भएको जनाउँदै होटल व्यवसायी सङ्घ सुर्खेतले सो अवधिको ब्याज मिनाहा दिन सरकारसँग माग गरेको छ । ब्याज मिनाहासँगै सङ्घले न्यून ब्याजदरमा ऋण उपलब्ध गराउन पनि माग गरेको छ । आज विज्ञप्ति जारी गर्दै सङ्घले व्यवसायीले घर भाडा र बैंकको ब्याज तिर्न नसकेर पलायन हुने अवस्था आएको दुखेसो गरेको छ ।

सङ्घका अध्यक्ष गोरख रावतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “सुर्खेत जिल्लामा मात्रै एक हजार २५० भन्दा बढी होटलहरु छन् । यसमा करीब छ हजार बढी जनशक्तिले रोजगारी पाइरहेको अवस्था छ । बन्दाबन्दीका कारण होटल व्यवसाय बन्द हुँदा नागरिकको रोजगारी मात्रै गुमेको छैन, अर्बौैंको नोक्सानी भएको छ ।”

सङ्घले होटल व्यवसायी सबैभन्दा बढी घरभाडाका मारमा परेकाले लकडाउन अवधिभरको घरभाडा पूर्णरुपमा र संक्रमणकाल रहुञ्जेलका लागि ५० प्रतिशत छुटको व्यवस्था गर्न सरोकार भएकाहरुसँग आग्रह गरेको छ ।

अध्यक्ष रावतले छुटका लागि घरधनीलाई समेत राहत पुग्ने गरी विशेष कोषमार्फत सम्बोधन गर्न सरकारसँग माग गरिएको जनाउँदै अहिलेकै अवस्थामा घर भाडा तिर्न नसकिने बताए । सङ्घका महासचिव जनकबहादुर सिंहले एक वर्षको व्यवसाय कर तथा अन्य सबै प्रकारका राजस्व छुट गरिदिन सरकारसँग माग गरिएको बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.