बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दैलेखमा खोलाले बगाएर युवतीको मृत्यु

बिहीबार, ११ असार २०७७, २२ : ०८
बिहीबार, ११ असार २०७७

दैलेख । खोला तर्ने क्रममा  बगाउँदा  एक युवतीको मृत्यु भएको छ ।  नौमूले गाउँपालिका ५ की २५ वर्षीया पविसरा शाहीको अपराह्न ३ बजेतिर खोला तर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए । 

वडा नजिकै रहेको सामेखोला तर्ने क्रममा बगाएर उनको मृत्यु भएको हो । लगातार वर्षात्सँगै खहरे  ठूलो भएर आएको र तर्ने क्रममा  बगाएपछि शवसमेत निकाल्न नसकिएको प्रहरीले जानकारी दिएको छ । शव खोलाको बीच ढुंगामा अड्किएको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप