शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकीहरुले ओसामा विन लादेनलाई ‘शहिद’ बनाइदिए: पाकिस्तानी प्रधानमन्त्री खान

शुक्रबार, १२ असार २०७७, ०० : १०
शुक्रबार, १२ असार २०७७

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अतिवादी संगठन अलकायदाका संस्थापक ओसामा विन लादेनलाई ‘शहिद’ भनेर सम्बोधन गरेका छन् । बिहिबार पाकिस्तानी संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री खानले लादेनलाई शहिद भन्दै सम्बोधन गरेका हुन् ।

उनले भने– ‘म यो कुरा कहिल्यै भुल्दिन, पाकिस्तानीहरुका लागि लाजमर्दो कथन, जसमा हामी सबै लज्जित भयौं । ओसामा विन लादेनलाई एबटावादमा अमेरिकीहरुले मारिदिए र उनी शहिद भए । त्यसपछि सम्पूर्ण संसारले हामीलाई दुर्व्यवहार गर्यो । नराम्रो भन्न थाल्यो । हाम्रो सहकर्मीलाई हाम्रो देशमा कसैले मादैछ भन्ने कुरा हामीलाई बताइदैन । जबकि उनको युद्धका लागि  ७० हजार पाकिस्तानीले जीवन अर्पण गरेका छन् ।’

इमरानले भने– ‘यो भन्दा बढी पीडा पाकिस्तानलाई के हुन्छ ?’ बिहीबारै एकातिर राजधानी इस्लामावादमा प्रधानमन्त्री खान लादेनलाई शहिद भन्दै थिए भने अर्कोतर्फ पञ्जावको आतंकवाद विरोधी अदालतले अतिवादी गतिविधिमा संलग्न भएको आरोपमा अलकायदाका सदस्यहरुलाई सजाय सुनाइरहेको थियो ।

पञ्जावको गुजरावालमा रहेको आतंकवाद विरोधी अदालतले अलकायदाका ५ सदस्यहरुलाई विष्फोटक पदार्थ राखेको आरोपमा कलकायदाका सदस्यलाई दोषी ठहर गरेको छ । सजाय पाउनेहरुमा अब्दुल्ला उमर, अहमद उर रहमान, असिम अकबर सईद, मोहम्मद याकुब युसुफ रहेका छन् । अदालतले उनीहरुलाई १६ वर्षको कैद र जरिवानाको सजाय सुनाएको छ । लादेनलाई केही वर्षअघि अमेरिकी सेनाले एउटा कार्वाहीमा मारिदिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप