शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आत्महत्या गर्नुभन्दा केही घण्टा पहिले सियाले शेयर गरेकी थिइन् यस्तो भिडियो

शुक्रबार, १२ असार २०७७, ११ : ४८
शुक्रबार, १२ असार २०७७

एजेन्सी – टिकटक स्टार सिया कक्कडको आत्महत्याको खबरले धेरैलाई आश्चर्यमा पार्यो । उनले किन यस्तो कदम उठाइन् भनेर कसैले अझसम्म पत्ता लगाउन सकेका छैनन् । सिया सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्थिन् ।

उनी निककट भविष्यमा नै ठूलो प्रोजेक्टमा देखिने तयारीमा थिइन् तर उनले आत्महत्या गरिन् । उनले आत्महत्या गर्नुभन्दा केही घण्टा अगाडि टिकटकमा केही भिडियो शेयर गरेकी थिइन् । ती भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् । 

प्रहरीका अनुसार उनले गत बुधबार राति १२ बजे आत्महत्या गरेकी थिइन् । उनको पिताले भोलिपल्ट बिहान ९ बजे उनलाई झुण्डिएको अवस्थामा फेला पारेका थिए । 

 

@siya_kakkar

Teri cute smile te kinna mardi❣️ ##cutesong ##foryou ##tiktokindia ##trending ##viral ##siyakakkar ##fyp @tiktok_india

♬ Cute song - desimusicfactory

उनले आत्महत्याअघि शेयर गरेका भिडियो यतिबेला निकै भाइरल भइरहेको छ । भिडियोमा उनी निकै रोमान्टिक देखिएकी छिन् । भिडियो हेरेर उनी कुनै तनाव वा चिन्तामा थिइन् भनेर पत्ता लगाउन निकै मुश्किल छ  । 

 

@siya_kakkar

Na chahat ki kami thi, na chahne valo ki♥️ ##foryou ##tiktokindia ##trending ##viral ##siyakakkar ##fyp @tiktok_india

♬ original sound - diimpledanypaul786

पछिल्लो अनुसन्धानका अनुसार टिकटकमा भाइरल भएकी सियालाई विभिन्न प्रकारका धम्की आइरहेका थिए । यद्यपि, उनको आत्महत्याको विषयमा प्रहरीले केही तथ्य बाहिर ल्याएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप