शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आज घट्यो सुनको मूल्य

शुक्रबार, १२ असार २०७७, १२ : ०३
शुक्रबार, १२ असार २०७७

काठमाडौं – सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य घटेको जनाएको छ ।

शुक्रबार महासंघले नेपाली बजारमा सुनको मूल्य घटेको  जनाएको हो  ।

महासंघका अनुसार बिहिबार प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोलामा ५ सय रुपैयाँले घटेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको  छ । 

यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको  छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप