मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘ब्रेकअप’ पछि सुशान्तसँग कुराकानी नगरेको अंकिताको खुलासा

शुक्रबार, १२ असार २०७७, १२ : ५६
शुक्रबार, १२ असार २०७७

एजेन्सी - छोटो समयमा बलिउडमा गहिरो छाप छोडेर गएका सुशान्त सिंह राजपूतको आत्महत्यापछि उनको बारेमा विभिन्न विषयमा खुलासा भइरहेका छन् । 

सुशान्तको आत्महत्यापछि बलिउड क्षेत्र, उनको परिवार, साथीभाई मात्र होइन विश्वभरीका करोडौं प्रशंसकहरु पीडामा परेका छन् । 
यसैबीच, उनकी पूर्वप्रेमिका अंकिता लोखण्डेले ब्रेकअपपछि सुशान्तसँग कुराकानी नभएको खुलासा गरेकी छिन् । करिब ६ वर्षसम्म प्रेमसम्बन्धमा रहेका सुशान्त र अंकिताको विषयमा मिडियामा विभिन्न प्रकारका समाचारहरु आइरहेको भएपनि अंकिताले एक अन्तरवार्तामा सुशान्तसँग ब्रेकअपपछि कुराकानी नहुने खुलासा गरेकी थिइन् । 

अघिल्लो वर्ष सार्वजनिक भएको उनको फिल्म मणिकर्णिकाको प्रमोशनको समयमा अंकिताले स्पोटब्याईलाई दिएको अन्तरवार्तामा उनले ब्रेकअपपछि सुशान्तसँग कुराकानी नहुने खुलासा गरेकी थिइन् । 

साथै, यी दुवैले ब्रेकअपपछि एक अर्कालाई सम्बन्धलाई लिएर आरोपप्रत्यारोप समेत गरेका थिएनन् । 

उक्त अन्तरवार्तामा अंकिताले ब्रेकअपपछि आफू र उनी (सुशान्त) पनि सम्हालिइसकेको बताएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप