शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुशान्तका पिताले भने, ‘तीन वर्षको भाकलपछि जन्मिएको थियो छोरो’

शुक्रबार, १२ असार २०७७, १३ : २२
शुक्रबार, १२ असार २०७७

सुशान्त सिंह राजपूत एक्ला छोरा थिए । नेपाल र भारतीय समाजमा छोराको महत्व उस्तै उस्तै छ । सुशान्तको मृत्युले उनको परिवारलाई जति पीडा लिएको छ, त्यसबाट परिवारका सदस्य कहिले पनि बाहिर निस्कने सक्ने छैनन् । सुशान्तका पिता केके सिंहले भारतीय सञ्चार माध्यमसँग आफ्ना छोराबारे कुरा गरेका छन् ।

निकै भाकल गरेपछि जन्मिएको थिए सुशान्तः

सुशान्तका पिताले बलिउड तड्कालाई दिएको अन्तरवार्तामा सुशान्त अत्यधिक भाकल गरेपछि जन्मिएको जानकारी दिए । सुशान्तलाई उनी भगवानको उपहार मान्दथे । उनले भने, ‘धेरै भाकल गरेपछि जन्मिएको थियो । तीन वर्ष भाकल गरेको थिएँ, उसको लागि । चार छोरी र एक छोरा । र जसका लागि यति धेरै भाकल गरिन्छ उनीहरुमाथि नै त्यस्तै हुन्छ ।’

सुशान्तका पिताका अनुसार सन् २००२ मा उनकी श्रीमतीको मृत्यु भएपछि छोरा आध्यामिक भएका थिए ।

पहिला सबैकुरा भन्यो, अन्तिममा केहि पनि भनेनः

सुशान्तले आफ्नो समस्याबारे कुराकानी गर्थे कि गर्थेनन् भन्ने प्रश्नको जवाफमा उनका पिताले भने, ‘अन्तिम दिनतिर के भयो हामीलाई थाहा छेन । सुशान्तले हामीसँग यसबारे केहि भन्दैनथ्यो । हामी पनि फिल्म इन्डष्ट्रिबाट निकै टाढा हुन्थ्यौं । हामीलाई चमक–दमक मन पर्दैनँ ।’

उनले थपे, ‘सुशान्तले बिहारका लागि धेरै थरी गर्ने सोच बनाएको थियो । बिहारका मानिसहरुलाई मद्दत गर्नका लागि ऊ धेरै कुरा गर्न चाहन्थ्यो तर समय पाउन सकेन । सुशान्तले चन्द्रमामा जग्गा किनेको थियो ।  जग्गा हेर्नका लागि उसले ५५ लाखको टेलिस्कोप खरिद गरेको थियो । उसले त्यो टेलिस्कोपबाट आफ्नो जग्गा हेरिरहन्थ्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप