शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोमा वृद्धको शव फेला

शुक्रबार, १२ असार २०७७, १४ : १४
शुक्रबार, १२ असार २०७७

यहाँ एक वृद्धको शव  पहिरोमा पुरिएका अवस्थामा फेला परेको छ ।  कालीमाटी गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ७० वर्षीय डिल्लीबहादुर आलेको  शव पहिरोमा कम्मरभन्दा माथिको भागसम्म पुरिएका अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

यही असार ९ गते बिहान घाँस काट्न जान्छु भनी घरबाट निक्लिएको र त्यसपछि घर नफर्किएपछि परिवारले खोजतलास शुरु गरेको थियो । घरबाट निस्किएको तीन दिनपछि बिहीबार नजीकैको डाँगडुँगे खोलाको पहिरोले पुरिएको अवस्थामा शव फेला परेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप