कोरोनाको खोप नबन्दासम्म सामाजिक दुरी र मास्क अपनाऔँ: भारतीय प्रधानमन्त्री मोदी
नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस विरुद्धको खोप नबन्दासम्म सामाजिक दुरी कायम गर्ने र मास्क लगाउने नियमलाई कडाईका साथ कार्यान्वयन गर्नु पर्ने बताएका छन् ।
कोरोनाभाइरसको सङ्क्रमणबाट बच्नका लागि हरेक व्यक्तिले ‘दुई गजको दुरी’ भन्ने नियमलाई ध्यान दिनु पर्नेमा उनले जोड दिए । कोरोनाका कारण विश्वभरी नै धेरै पक्षमा संकट ल्याएको बताउदै उनले यसलाई अवसरको रुपमा उपयोग गर्नु पर्नेमा जोड दिए ।
प्रधानमन्त्री मोदीले सामाजिक रुपमा पनि यसले धेरै उथलपुथल पारेपनि सतर्कता अपनाउदै अगाडी बढ्नु पर्ने धारणा राखे । ‘हामी सबै अहिले तलमाथी भएका छौँ, हाम्रो सामाजिक जीवनमा धेरै समस्या आएको छ, तर पनि हामी अब अगाडी बढ्नु पर्छ,’ उनले एक कार्यक्रममा भने ।
यो समयमा यस समस्याबाट प्रभावित नभएको संसारमै कोही नभएको बताउँदै उनले यसको समाधानका उपायहरुको खोजी भइरहेको जानकारी दिए । यो रोगबाट कहिले मुक्ति पाइन्छ भन्ने थाहा नभएकाले यसको विरुद्धको खोप पत्ता नलाग्दासम्म सामाजिक दुरी कायम राख्ने, मास्कलगाउने लगायतका आधारभूत सतर्कताहरु अप्नाउनुको विकल्प नभएको उनको भनाई छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह
-
सिद्धार्थ बैंकलाई ‘अन्तर–बैंक पुरुष फुटसल’को उपाधि
-
कालीकोट जिल्लाकै नमुना स्याउ फोइमहादेवमा
-
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम
-
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
-
भारतीय प्रधानमन्त्री मोदी र राहुलको भाषणमाथि निर्वाचन आयोगको नोटिस