शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पहिराका कारण १५० घरघुरी जोखिममा

शुक्रबार, १२ असार २०७७, १७ : ४५
शुक्रबार, १२ असार २०७७

कालिकोट । कालिकोट जिल्लाको महावै गाउँपालिका–३ डिल्लीकोटको धामीगाउँमा पहिरो जाँदा १५० घरधुरी जोखिममा परेका छ । अविरल वर्षापछि बिहीबार राति आएको पहिराका कारणले बस्ती नै जोखिम परेको हो । 

 सिरानमा नै पहिरो आएका कारणले गाउँ नै जोखिममा परेको स्थानीयवासी जनपुराकुमारी सिंहले बताइन् । ‘गाउँको सिरानमा पहिरो आएको छ’ उनले भनिन्– ‘बस्ती नै जोखिममा परेको कारणले अहिले सबै मानिस त्रसित छन् ।  पहिरोका कारणले खानेपानीको पाइप पनि भत्किएको छ । बस्तीमा अहिले खानेपानीको समस्या भएको छ ।’

अहिले बस्तीलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा छलफल भइरहेको वडाध्यक्ष दानकला सिंहले बताइन् । ‘बस्ती पहिरोको जोखिममा परेको छ’, उनले भनिन्– ‘बस्ती सार्ने वा के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप