शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नर्भिकमा १६८केजी तौल भएकी महिलाले जन्माइन् स्वस्थ शिशु

शुक्रबार, १२ असार २०७७, १७ : ४७
शुक्रबार, १२ असार २०७७

काठमाडौं– गत असार १० गते अपरान्ह ३ः१५ बजे काठमाडौंको कलंकी निवासी ३१ बर्षिय महिला (श्रीमती मेरिना हमाल) नर्भिकको प्रसूति तथा स्त्रीरोग विभागको बहिरङ्ग कक्षमा उपस्थित भइन् । 

३७ हप्ता पार गरिसकेको आफ्नो गर्भको शिशुलाई सुरक्षितपूर्वक जन्म दिनु नै हस्पिटल आउनुको उनको एक मात्र अभिप्राय थियो । शारिरीक रोगका हिसावले न त उनमा मधुमेह थियो, न त उच्च रक्तचाप, न त गम्भिर श्वास–प्रश्वास रोग, न त हाइपोथाइराडिजम् (थाइराइड ग्रन्थी कम सक्रिय भई कम थाइराइड हर्मोन उत्पादन गर्दा मोटोपन हुनसक्छ) नै ।

उनको तौल १६८ के.जी. र शारिरीक बनावट हेर्दा लाग्थ्यो उनको उपचार त कठिन थियो नै, साथ साथै गर्भाधान प्रक्रिया समेत जटिल हुनुपथ्र्यो । निजलाई हिजै अर्थात् असार ११ गते बिहान ११ः०० बजे नर्भिककी बरिष्ठ प्रसूति तथा बाँझोपन, टेष्टट्युब बेबी विशेषज्ञ र ल्यापारोस्कोपिक सर्जन डा. नुतन शर्माले शल्यक्रिया गरी स्वस्थ शिशु प्रदान गरेकी थिइन् । श्रीमती हमालले २.९५ के.जी. तौल भएकी स्वस्थ छोरी पाएकी थिइन् ।

सामान्यतया यति ठूलो तौल र शारिरीक बनोट भएका महिलाको शल्यक्रियात्मक प्रसूति गराउनु आपैmमा कठिन प्रायः मानिन्छ र सम्भवत यस्तो असाधारण तौल भएकी महिलाको शल्यक्रियात्मक प्रसूति नेपालमै पहिलो हुनुपर्छ । हाल नवजात शिशु र आमा दुवै सामान्य अवस्थामा छन् ।

यस घटनाले एकातिर केवल मोटोपन मात्रै गर्भाधानको वाधक हुन सक्दैन भनेर प्रमाणित गर्दछ भने अर्कोतर्पm जस्तोसुकै जटिलतालाई पनि प्रविधि र दक्षताले पार लगाउन सकिन्छ भन्ने पनि सिद्ध गर्दछ । 

यस्ताखाले जटिल र जोखिमयुक्त प्रसूति गराउँदै सफलता प्राप्त गर्ने डा.नुतनलाई बधाई ज्ञापन गर्दै नवजात शिशु र आमालाई नर्भिकले स्वास्थ्यलाभको कामना गरेको छ । डा. नुतन शर्मा जटिल र जोखिमयुक्त प्रसूति सेवाका अतिरिक्त बाँझोपन तथा टेष्टट्युब बेबीका लागि राम्रो ख्याति प्राप्त गरिसकेकी विशेषज्ञ हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप