शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओबामा केएरविरुद्ध सर्वोच्च अदालतमा ट्रम्प प्रशासनद्वारा निवेदन

शुक्रबार, १२ असार २०७७, १८ : ५८
शुक्रबार, १२ असार २०७७

वासिङ्टन ।  कोरोनाभाइरसको महामारीकै बीचमा अमेरिकी ट्रम्प प्रशासनले बिहीबार ओबामा केएरका नामले परिचित बीमा कार्यक्रम (एफोर्डेबल केएर एक्ट) खारेजीको अनुरोध गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको छ ।  

लकडाउनका कारण पाँच लाखभन्दा बढी मानिसले बिमाको प्रिमियम तिर्न नसकेको समाचार बाहिरिएकै दिन ट्रम्प प्रशासन सर्वोच्च अदालत पुगेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएदेखि नै यो कार्यक्रम खारेज गर्न पटकपटक प्रयास गरेका छन् ।

ट्रम्प प्रशासनले तयार पारेको निवेदनमा कोरोनाभाइरसको बारेमा केही जिकिर गरिएको छैन ।  ट्रम्प प्रशासनको अनुरोधलाई सर्वोच्चले सदर गरेमा करिब २ करोड अमेरिकी नागरिकको स्वास्थ्य बीमा समाप्त हुनेछ । 

रिपब्लीकन पार्टीकै बहुमत रहेको अवस्थामा पनि सन् २०१७ मा ओबामाकेएर खारेज गर्ने राष्ट्रपति ट्रम्पको प्रयास विफल भएपछि उनी कानुनी प्रक्रियामा लागेका हुन् । ओबामाकेएर कानुनमा जटिल स्वास्थ्य अवस्था रहेका मानिसलाई पनि बीमा सुविधा उपलब्ध हुने सुनिश्चितता गरिएकाले यो कानुनी व्यवस्था प्रतिकूल निर्णय गर्न ट्रम्प प्रशासन र अदालतमाथि दबाब छ । 

तर राष्ट्रपति ट्रम्पले स्वास्थ्य प्रतिकूल भएका कुनै पनि अमेरिकीको स्वास्थ्य संरक्षण गरिने आश्वस्त पार्न खोजेका छन् । राष्ट्रपतिको यो भनाईप्रति ह्वाइट हाउस वा रिपब्लीकन पार्टीले कुनै ठोस योजना भने अघि सार्न सकेका छैनन् । कोरोनाभाइरसका कारण अमेरिकी अर्थतन्त्रमा नकारात्मक असर परेसँगै करिब दुई करोड ७० लाख मानिस बेरोजगार भएकाले पनि स्वास्थ्य बीमा कार्यक्रममा असर पर्न लागेको हो । –एपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप