बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी खरिद गर्न मेगा बैंकलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

शुक्रबार, १२ असार २०७७, १९ : ११
शुक्रबार, १२ असार २०७७

काठमाडौं । मेगा बैंकले गण्डकी विकास बैंकलाई खरिद गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको गण्डकी विकास बैंक खरिद गर्न बुधबार राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको हो ।

मेगा बैंकले गण्डकी विकास बैंक खरिद गर्ने सम्बन्धि सम्झौतापत्रमा गत असोजमा सैद्धान्तिक सहमति गरेको थियो । मेगाले एक बराबर एक शेयर स्वाप अनुपातमा गण्डकी बैंकलाई खरिद गनए लागेको हो । दुई बैंक बीचको सम्झौताअनुसार मर्जर पछि बन्ने बैंकको नाम मेगा बैंक लिमिटेड रहनेछ ।

बैंक सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत पनि मेगा बैंकको नै रहने जनाइएको छ । हाल मेगा बैंकको चुक्ता पूँजी १० अर्ब ३८ करोड छ भने गण्डकी विकास बैंकको २ अर्ब ७५ करोड रहेको छ । मर्जरपछि मेगा बैंकको चुक्ता पूँजी १३ अर्ब १३ करोड नाघ्नेछ।

चालू आवको तेस्रो त्रैमाससम्म मेगाले १ अर्ब ४५ करोड १० लाख ९० हजार र गण्डकीले ३६ करोड ९५ लाख ३६ हजार खुद नाफा गरेका छन् । यस अवधिसम्म मेगाको वितरणयोग्य नाफा ४५ करोड ९८ लाख ४७ हजार र गण्डकीको ३ करोड २८ लाख ३२ हजार रहेको छ ।

मेगाको प्रतिशेयर आम्दानी १८.८३ र गण्डकीको १७.९२ रुपैयाँ तथा प्रतिशेयर नेटवर्थ क्रमशः १३२.१९ र १४२.०७ रुपैयाँ रहेको छ ।  दुई बैंकको गत जेठ २१ गते सम्पन्न छुट्टाछुट्टै विशेष साधारणसभाले  एक आपसमा मर्जर तथा प्राप्तीको विशेष प्रस्ताव पारित गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप