टेवानबाट विपन्न महिलाको कोरोना बीमा
पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले पोखरामा रहेका विपन्न तथा असहाय महिलाको कोरोना बीमा गरेको छ । पोखराका फुटपाथ तथा डोकामा बोकेर फलफूल र तरकारी व्यापार गर्ने १९ महिलाको सामूहिक कोरोना बीमा गरिएको टेवानका महासचिव कमला गिरीले जानकारी दिए ।
बीमा कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख तेलप्रसाद अधिकारीका अनुसार सम्झौता भएको १५ दिनपछि बीमा लागु हुनेछ । आगामी चैतसम्म पिसिआर परीक्षणमार्फत पोजिटिभ नतिजा आउनेले रु एक लाख रुपैयाँ पाउनेछन् ।
“सडकमा व्यापार गर्नेहरुमा कोरोनोका सङ्क्रमण हुने सम्भावना बढी हुन्छ”, अधिकारीले भने । कमाएर परिवार पाल्नेको बीमा गर्दा पछि बिरामी भइहाले त्यसवापत पाउने रकमले केही राहत मिल्ने उनको भनाइ थियो ।
टेवान अध्यक्ष लक्की कार्की क्षेत्रीले सङ्क्रमणको उच्च जोखिममा रहेका फुटपाथ पसले महिलाको बीमासम्म पहुँच हुन नसक्ने भएकाले संस्थाले उनीहरुको बीमा गरेको बताइन् । पोखरा–६ का वडाध्यक्ष जगत पहारीले टेवानले फरक सोच राखेर विपन्न महिलाको कोरोना बीमा गरेकामा सराहना गरे ।
यसैबीच गण्डकी प्रदेशको पछिल्लो विवरणानुसार आजसम्म्म १०१ जना कोरोना जितेर घर फर्केका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिमा गोरखाको गण्डकी गाउँपालिकाका पाँच पुरुष, गोरखा नगरपालिकाका तीन पुरुष र एक महिला गरी नौ जना आज निको भएर घर फर्केको जनाइएको छ । यससँगै प्रदेशमा कोरोना जित्ने सय जना नाघेका हुन् ।
प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगेका छन् । आज बिहान तनहुँ, स्याङ्जा ,बागलुङ र नवलपुरका २५ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार प्रदेशमा हालसम्म दुई सङ्क्रमितको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री जम्कट्टेललाई एकीकृत समाजवादीको काउन्टर
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता