शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘इन्स्पेक्टर शाहीसँगै पाइलट पनि पक्राउ परेका थिए’

शनिबार, १३ असार २०७७, १० : ५१
शनिबार, १३ असार २०७७

काठमाडौँ । बिहीबार लागूऔषध नियन्त्रण ब्यूरोले महानगरीय प्रहरी परिसर, ललितपुरमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) रुद्रबहादुर शाहीलाई लागूऔषध कारोबारीसँग कनेक्सन देखिएको आरोपमा पक्राउ गर्यो । 

शाही पक्राउ परेको खबरले मिडियामा राम्रो स्थान पायो । शाहीसँगै अन्य चारजना पनि पक्राउ परेका थिए । तर, इन्सपेक्टर शाहीको जस्तो चर्चा भएन । तस्करी गिरोहमा इन्सपेक्टर शाहीको प्रमुख भूमिका देखिएको प्रहरीको दावी छ । 
त्यही समूहमा इन्सपेक्टर शाहीसँगै एक पाइलट पनि पक्राउ परेको खुलेको छ । सो प्रकरणमा पाइलट भूपेश शेरचन समेत पक्राउ परेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ । 

शेरचन नेपाल एयरलाइन्सका पूर्वपाइलट हुन् । डिप्रेसनमा आफू लागूऔषध कारोबारमा लागेको प्रहरीसमक्ष उनले बताएका छन् । राजधानीको नक्सालमा बस्दै आएका ४८ वर्षीय नेपाल एयरलाइन्सका स्थायी जागिरे भुपेश ट्वीनेटर विमान चलाउँथे । तर, जागिर सुरु गरेको केही वर्षमै उनले राजीनामा दिए ।

भुपेश लामो समयदेखि लागुऔषध दुव्र्यसनी भएको प्रहरीको प्रारम्भिक अनुसन्धनबाट खुलेको छ । फर्मस्युटिकल्स ड्रग्स सेवन गरिरहेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

प्रहरीको प्रारम्भिक सोधपुछमा भुपेशले जागिर सुरु गरेपछि केही विमान दुर्घटना भएको र जसमा ल्निे साथीहरु गुमाएको बताएका छन् । ‘त्यसपछि डिप्रेसनमा पुगेछु । डिप्रेसनबाट मुक्त भइन्छ कि भनेर लागुऔषध सेवन सुरु गरेँ,’ भुपेशले प्रहरीसमक्ष बताए । 

शाही र शेरचनसँगै ज्ञानेश्वरका अविनास थपलिया, बर्दीयाका सन्तोष कुमार साह र उदयपुरका एलिसन बस्नेतलाई ब्यूरोले पक्राउ गरेको थियो । उनीहरुको साथबाट मनोद्दिपक लागुऔषध ६६० बोतल, नाइट्राभेट ११४० ट्याब्लेट, स्पास्मो प्रोक्स्भिोन क्याप्सुल ३३० थान र एक लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ । 

शुक्रबार शाहीलाई जिल्ला अदालत काठमाडौँले ७ दिन र अन्यलाई १० दिनको म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप