राखेपका पूर्वसदस्य–सचिव सिंहको निधन
शनिबार, १३ असार २०७७, १३ : ५३
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव राजबहादुर सिंहको ८८ वर्षको उमेरमा निधन भएको छ । सिंहको शुक्रबार राती छाउनीस्थित निवासमा निधन भएको नाती सुशील मल्लले जनाएका छन् ।
सिंह लामो समयदेखि दमको रोगबाट पीडित थिए । स्व. सिंह राखेपका सातौं सदस्य–सचिव हुन् । उनी २०४८ देखि २०५० सालसम्म राखेपको सदस्य–सचिवको जिम्मेवारीमा थिए ।
स्व. सिंहको शनिबार पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ । स्व. सिंहका श्रीमति, दुई छोरा र छोरी छन् ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले स्व. सिंहको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेद्ना व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय प्रधानमन्त्री मोदी र राहुलको भाषणमाथि निर्वाचन आयोगको नोटिस
-
कतारी राजालाई काठमाडौँ बाहिर घुमाउने योजना सम्भव भएन : राजदूत ढकाल
-
रुसको कदमले अमेरिका आक्रोशित
-
इरानी र्यापर सालेहीलाई मृत्युदण्डको सजाय सुनाइयो
-
आईपीएलको अवैध प्रसारण: प्रहरीले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलायो
-
अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर