शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बैतडीमा ट्रक दुर्घटना: सहचालकको मृत्यु

शनिबार, १३ असार २०७७, २२ : ३९
शनिबार, १३ असार २०७७

बैतडी । बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ एक जना गम्भीर घाइते भएका छन । जिल्लाको पाटन नगरपालिका वडा नं ८ को धारिमा दाङगबाट बझाङ गइरहेको ना ६ ख ४४ ५० नम्बरको ट्रक दुर्घटना हुँदा डोटीको जोरायल गाउँपालिका २ बुडरका २० वर्षीय सहचालक भुवन सुब्बाको मृत्यु भएको छ ।

यस्तै, कैलालीको गोदावरी नगरपालिका ६ मलाखेतीका ट्रक धनीसमेत रहेका चालक ३३ वर्षीय लवकुमार तामाङ गम्भीर घाइते भएको खोडपे प्रहरी चौकीका इन्चार्ज चन्द्रराज गिरीले जानकारी दिए ।  उनकाअनुसार मृतकको पोष्टपार्टमका लागि पाटन प्राथमिक स्वास्थ्य केद्र लगिएको र घाइते तामाङलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाएको छ ।

घाइतेको टाउकोमा गम्भीर चोट रहेको जनाइएको छ । दाङगबाट सिमेन्ट बोकेर बझाङ गइरहेको ना ६ ख ४४ ५० नम्बरकोे मालबाहक ट्रक शनिबार साँझ ५ बजे दुर्घटनामा परेका हो । ट्रक सडक बाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप