शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ६ जना पक्राउ

आइतबार, १४ असार २०७७, १३ : २७
आइतबार, १४ असार २०७७

काठमाडौं ।काठमाडौं महानगरपलिका-१४ बाफल स्युचाटार पुलस्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा काठमाडौं बालाजु बस्ने नुवाकोट विदुर नगरपालिका-१३ घर भएका ३४ वर्षीय बिकास बाँनिया लगायत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

उक्त स्थानामा महानगरीय प्रहरी वृत्त कालिमाटी र महानगरीय अपराध महाशाखा कालिमाटीबाट खटिएको संयुक्त प्रहरीले प्रदेश ३-०२-००५ प ३६०६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा बाँनिया सहित ६ जनाले एक्कासी प्रहरी टोलीमाथि मदिराको बोतलले आक्रमण गर्न खोज्दै अभद्र व्यवहार गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

 उनीहरुको साथबाट दुई थान मोटरसाइकल, २ थान स्कुटर र मदिराको बोतल ४ थान समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप