बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बंगललादेशमा रहेका १५ जना नेपालीमा कोरोना संक्रमण

आइतबार, १४ असार २०७७, १४ : ०७
आइतबार, १४ असार २०७७

काठमाडौं । पछिल्लो साता कोरोनाभाइरसबाट विदेशमा बस्ने कुनै पनि नेपालीको मृत्यु नभएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । अघिल्लो सातासम्म १३ देशमा १ सय ३० जना नेपालीको कोरोनाका कारणले मृत्यु भएको थियो । 

संघका  अनुसार यो साता विदेशमा १८ हजार ७ हजारभन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

 संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार हालसम्म विदेशमा रहेका २६ हजार २ सय २७ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

मध्यपूर्वका देशमा विगत गत दुई सातामा मात्र ८ हजार भन्दा बढी नेपालीमा संक्रमण थपिएको स्वास्थ्य समितिले जनाएको छ । हालसम्म कतारमा कोरोना संक्रमण भएका ९२ हजार मध्ये २० प्रतिशत नेपाली प्रभावित भएका छन् ।  
 
यही साता पहिलो पटक साउथ अफ्रिकामा रहेका ५ जना नेपालीमा समेत कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । अफ्रिकी अन्य देश सहित सो क्षेत्रमा १० जना नेपालीमा कोरोनाको संक्रमण देखिएको हो ।
 
यो साता बंगललादेशमा रहेका १५ जना नेपालीमा कोरोना संक्रमण भएको स्वास्थ्य समितिले जनाएको छ यस्तै भारतमा १ सय ५० जना थप नेपालीमा संक्रमण भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप