शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङ ग्यालेक्सी एम११ इन्फिनिटी–ओ डिस्प्ले र ब्याट्रिसहित बजारमा, मूल्य जम्मा १८ हजार

आइतबार, १४ असार २०७७, १५ : ०२
आइतबार, १४ असार २०७७

काठमाडौं– नेपालमा विश्वासिलो स्मार्ट फोन ब्राण्ड सामसङले हालै आफ्नो एम सिरिज अन्तर्गत ग्यालेक्सी एम११ स्मार्ट फोन नेपाली बजारमा प्रस्तुत गरेको छ । यो स्मार्ट फोनमा सामसङको विश्वासका साथ आकर्षक मूल्यमा उपलब्ध गरिएको छ ।  

नयाँ ग्यालेक्सी एम११ म इन्फिनिटी ओ डिस्प्ले रहेको छ, जसले गर्दा यस समूहमा पर्ने स्मार्टफोनहरु मध्ये सामसङको ग्यालेक्सी एम११ अद्वितीय कार्य क्षमतायुक्त बन्न पुगेको छ ।  

सामसङ नेपालका मोबाइल बिजिनेस प्रमुख प्रणय रत्न स्थापितले भने, ‘ग्यालेक्सी एम सरिज स्मार्टफोनले छोटो अवधिमा आम नेपाली ग्राहकहरुको मन मस्तिष्कमा राम्रो छाप पार्न सफल भएको छ । ग्यालेक्सी एम११ प्रस्तुत गरेसँगै हामी फोन प्रतिको विरासतलाई अझै माथि उठाउन सक्षम भएका छौं । सदैब नयाँ कुराको प्रयोग गर्न रुचाउने हाम्रा जेन जि एवं मिलेनियलहरुलाई यस मोबाइल सेटमा आफूले खोजेको हरेक सुविधा प्राप्त हुने छ ।’ 

ग्यालेक्सी एम११ मा ६.४ इन्चको एचडी प्लस इन्फिनिटी–ओ डिस्प्लेको साथ ५००० mAhको ब्याट्रि रहेको छ । यसमा रहेको ब्याट्रिले बारम्बार चार्ज नगरी विना रुकावट दिनभर मोबाइलचलाउने स्वतन्त्रता प्रदान गर्दछ । चाँडै मोबाइल चार्ज गर्नको लागि १५ वाटको चार्जर तथा फोनलाई अझै बढी सुरक्षा प्रदान गर्न रियर फिङ्गर प्रिन्ट स्क्यानर जस्ता सुविधा यसमा रहेको छ । यस फोनको स्टोरेज क्षमतामाइक्रो एस डि कार्डको माध्यमबाट ५१२ जिवीसम्म सहजै बढाउन पनि सकिन्छ ।  

ग्यालेक्सी एम११को ट्रिपल रियर क्यामरा सेटअप अन्तर्गत सफा एवं चुस्त फोटो खिच्नको लागि १३ मेगा पिक्सलको मेन क्यामरा, ५ मेगा पिक्सलको अल्ट्रा–वाइड क्यामरा जसमा ११५ डिग्रीको फिल्ड भ्यू रहेको छ, यसले मानव आँखाले जस्तो देख्दछ त्यस्तै फोटो खिच्ने क्षमता राख्दछ । साथै यसमा २ मेगा पिक्सलको डेप्थ क्यामराको साथ लाइभ फोकस फिचर पनि उपलब्ध रहेको छ ।

ग्यालेक्सी एम११मा ८ मेगा पिक्सलको फ्रन्ट क्यामरा रहेको छ, जसले ब्राइट एवं चुस्त सेल्फीहरु लिन सकिन्छ । ग्यालेक्सी एम११मा डब्ली एटीएमओएस प्रविधिको समायोजन गरिएको छ । यस प्रविधिले प्रयोगकर्ताहरुलाई सराउन्डेड साउन्डको जीवन्त अनुभव प्रदान गर्दछ ।  

मूल्य तथा उपलब्धता
ग्यालेक्सी एम११ स्मार्टफोन नेपाल अधिराज्यभर रहेका सामसङका ब्राण्ड स्टोरहरुबाट यही असार ११, २०७७ बाट उपलब्ध भइरहेको छ । मेटालिक ब्लु, ब्लयाक तथा भ्वोइलेट कलरहरुमा उपलब्ध यो फोनको नेपाली बजारमा उपभोक्ता मूल्य रु १८,९९९रहेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप