बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग

आइतबार, १४ असार २०७७, १७ : ४०
आइतबार, १४ असार २०७७

कैलाली । कैलाली जिल्लामा कार्यरत पत्रकारका लागि हरिप्रिया फाउण्डेशनले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
कैलालीमा पत्रकारहरु कोभिड–१९संक्रमणको उच्च जोखिममा परेको भन्दै फाउण्डेशनले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
पत्रकारलाई मास्क, पीपीइ, फेसवास, फेस सेभर लगायतका सामग्री सहयोग गरिएको हरिप्रिया फाउण्डेशनका अध्यक्ष क्षितिज भण्डारीले बताए । 
कैलालीमा कार्यरत ३० भन्दा बढी पत्रकारलाई सो सामग्री सहयोग गरेको उनले बताए । 
राहत सहयोग वितरणमा नेपाल पत्रकार महासंघका कैलाली जिल्ला अध्यक्ष जगत साउद, नेपाली काँग्रेसका युबा नेता नृप सुनार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष भरत शाह  लगायतको उपस्थिति रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप