शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमान

सोमबार, १५ असार २०७७, ०७ : १०
सोमबार, १५ असार २०७७

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी (दक्षिण–पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको) वायुको प्रभाव रहेको र मनसुन न्यून चापीय रेखा नेपाल नजिक रहेको जनाएको छ । 

यसैगरी, महाशाखाले हाल देशमा सामान्य देखि पूर्ण बदली रहेको  र देशभर केही स्थानहरुमा वर्षा भईरहेको जानकारी दिएको छ ।

यसैगरी, महाशाखाले दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको पूर्वानुमान गरेको छ। 

यस्तै, प्रदेश १ , प्रदेश २, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका  एक दुइ  स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 

महाशाखाको पूर्वानुमानको अनुसार आज राति  देशको सबै प्रदेशहरुमा  सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ। 

यता, प्रदेश १  ,प्रदेश २ ,गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम  प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप