बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

टिकटक स्टारको हत्या, पुराना छिमेकीले उनकै सैलुनभित्र घाँटी थिची ज्यान लिएको आरोप

सोमबार, १५ असार २०७७, १० : ०७
सोमबार, १५ असार २०७७

भारतकी टिकटक स्टार शिवानीको उनकै सैलूनभित्र उनकै साथीले घाँटी थिची हत्या गरेका छन् । आइतबार शिवानीकी साथीले सैलुन खोल्दा त्यहाँ दुर्गन्ध फैलिएको छ र बेड खोलेर हेर्दा शिवानीको शव भेटेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ । स्रोतका अनुसार शिवानीका साथीले शवको घाँटीमा दाग देखेका थिए र उनको मोबाइलसमेत गायब थियो । प्रहरीले पिताको बयानको आधारमा आरिफ नामका एक व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको छ । प्रहरीका अनुसार हत्या दुई दिनअघि भएको थियो ।

स्रोतका अनुसार बागपतको पुसार निवासी शिवानी खोबियान कुन्डलीमा टच एण्ड केयर नामको सैलुन चलाउँथिन् । यसै क्षेत्रमा उनी भाडामा परिवारसँगै बस्थिन् । टिकटकमा उनको भिडियोका डेढ लाख बढी फलोअर्स थिए । २६ जूनमा आरिफ शिवानीलाई भेट्न सैलुन आएका थिए । बहिनीले फोन गर्दा शिवानीले आफू आरिफसँग कुरा गरिरहेको बताएकी थिइन् ।

दुई दिनदेखि खोलिएको थिएन सैलूनः

सैलूनमा शिवानीकी बहिनी श्वेताका साथी निरज काम गर्दथे र त्यहि बस्थे । उनी दुई दिनदेखि बाहिर थिए । आइतबार मात्रै फर्किएका थिए ।

छिमेकी आरिफले तनाव दिन्थेः

पिता विनोदका अनुसार सुरुमा उनीहरु प्याऊ मनियारीमा बस्दथे । उनी आरोपी आरिफलाई चिन्दथे । बुवाका अनुसार आरिफले शिवानीलाई तनाव दिन थालेको थियो । उनीहरुबीच विवाद पनि भएको थियो । १५ दिनदेखि विवाद अत्यधिक चर्किएको थियो ।

मेसेज आयो, ‘म हरिद्वारमा छु’

परिवारका अनसार हत्यापछि आरोपीले शिवानीको मोबाइल फोनसमेत लिएर गए । अबेर रातीसम्म घर नपुगेका कारण शिवानीकी बहिनी भारतीले उनको ह्वाट्सएपमा मेसेज गरेर सोध्दा जवाफ आएको थियो, ‘म हरिद्वारमा छु, मंगलबार आउनेछु ।’

हत्याका आरोपीले शिवानी बनेर मेसेज गरिरहेका थिएः

हत्याका आरोपी आरिफले शिवानीको हत्या गरेपछि उनको मोबाइल प्रयोग गरे । शिवानी बनेर उनकी कान्छी बहिनी भारतीलाई मेसेज गरे । जब भारतीले आमा बिरामी हुनुहुन्छ घर कहिले आउँछौ भनेर सोध्दा उनको मेसेजबाट आफू हरिद्वारमा भएको र मंगलबारसम्म फर्किसक्ने जवाफ आएको थियो । परिवारले पनि उनी आरिफसँग हरिद्वारमा गएकी होलिन् भनेर पत्याए । पिता विनोद, आमा गीता, बहिनी श्वेताले आरिफले शिवानीलाई तनाव दिने गरेको बताए ।


बदला लिनका लागि गरियो हत्या ?

शिवानीकी आमा गीताका अनुसार तीन वर्ष अघि आरिफले शिवानीको बाटो रोकेका थिए । यसबारे शिवानीले प्रहरीमा ऊजुरी पनि दिएकी थिइन् । तत्पश्चात् प्रहरीले उनीमाथि कुटपिट पनि गरेका थिए र आरिफले पछि माफी मागेका थिए । यसैको बदला लिनका लागि शिवानीको हत्या गरिएको हो कि भन्ने आमालाई शंका छ ।

हत्यापछि अकाउन्टमा पोस्ट भयो भिडियोः

शिवानीको हत्या दुई दिन अघि नै भएको बताइएको छ तर उनको टिकटक अकाउन्टमा शव भेटिनु करिब ७–८ घण्टा एउटा भिडियो पनि पोस्ट भएको छ ।

आरिफले तनाव दिएपछि फेरेका थिए कोठाः

पिता विनोदका अनुसार प्याऊ मनियारीमा आफूहरु आरिफका कारण यति तनावमा थिए कि उनीहरुले आफ्नो कोठा नै छोडेका थिए । त्यसपछि उनीहरु कुन्डलीमा आएर बस्न थाले । यसो गर्दा पनि आरिफले पिछा छोडेनन् । सैलुन बाहिर ऊ उभिइरहन्थ्यो । उनको यस्तो व्यवहारले वाक्क भएकी शिवानी यसै विषयमा आरिफसँग कुरा गर्न चाहन्थिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप