
अर्घाखाँचीमा जंगली च्याउ खाँदा ५ जना बिरामी
बुटवल । अर्घाखाँचीमा जंगली च्याउ खाँदा ५ जना बिरामी परेका छन् ।
जिल्लाको सन्धिखर्कमा नगरपालिका २ घोचेखोलामा एकै घरमा बस्ने ५ जना जंगली च्याउ खाँदा विरामी परेको प्रहरीले जनाएको छ ।
बिरामी पर्नेमा बर्ष ३४ का गणपति चौधरी उनकी श्रीमती बर्ष ३२ की एलिसा चौधरीसहित परिवारका सदस्यहरु बर्ष ३५ की पार्वती चौधरी, बर्ष ९ का गगन चौधरी, दाङ घर भइ त्यहाँ काम गरि बस्ने बर्ष ४५ का राजु चौधरी विरामी भएका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । उनीहरुको सन्धिखर्कमा नै उपचार भईरहेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ