खोकनाको फरक दृश्य : रोपाइँ गर्न पुगेका किसान र प्रहरीबीच घम्साघम्सी (तस्बिरहरु)
सोमबार, १५ असार २०७७, १७ : ३९
काठमाडौं । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । मानो रोपेर मुरी उब्जाउने दिनका रुपमा लिइने असार १५ मा ललितपुरको खोकनामा भने फरक दृश्य देखियो ।
काठमाडौं–तराई फास्ट ट्रयाक पर्ने जग्गामा स्थानीय किसानले रोपाइँ गर्न लागेपछि पुगेको प्रहरीले रोक्ने प्रयास गरेको थियो । त्यसपछि स्थानीयले प्रतिवाद गर्न थालेपछि दुई पक्षबीच केहीबेर घम्साघम्सी हुन पुगेको थियो ।
स्थानीयले आफूहरुले रोपाइँ गर्न पाउनुपर्ने अडान लिएपछि प्रहरीको केही चलेन र सोही विवादित ठाउँमा स्थानीयले रोपाइँ गरेका छन् ।
सरकारले फास्ट ट्रयाक बनाउन ज्ग्गा अधिग्रहण गरेको बताए पनि किसानहरूले खोकनाका किसानले विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका छन् । उनीहरुले आफूहरुले सरकारबाट मुअब्जा नपाएको समेत दावी गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी