ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
भक्तपुर। हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय जडिबुटी उपनामले चिनिने कृष्ण तामाङलाई ढुङगा प्रहार गरी हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका-४ गहिटी एरियामा बसी ज्याला मजदुरी काम गरी बस्ने सिन्धुली तिनपाटन गाउँपालिका घर भएका ३० वर्षीय इन्द्र बहादुर तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका-४ गहिटीस्थित सार्वजनिक पाटीमा निज तामाङ सोमबार बिहान मृत अवस्थामा फेला परेका थिए ।
महागरीय प्रहरी परिसर भक्तपुर र अपराध महाशाखाबाट खटिएको संयुक्त टोलीले घटनाको अनुसन्धान गर्ने क्रममा निज मृतकको टाउको, निधार र चिउडोमा चोट लागेको देखिएकोले कर्तब्य गरी मारिएको खुल्न आएपछि तत्काल अभियुक्तको खोजी गर्ने क्रममा हत्यामा संलग्न इन्द्र बहादुरलाई प्रहरीले पक्राउ गरेको हो ।
आपसी विवाद हुँदा ईन्द्र बहादुर तामाङले ती व्यक्तिलाई ढुंगा प्रहार गरी मारेको अनुसन्धानबाट खुल्न आएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा