शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखामा आज थपिएका ५ जना संक्रमित सबै भीमसेन गाउँपालिकाका

सोमबार, १५ असार २०७७, १८ : २१
सोमबार, १५ असार २०७७

गोरखा।गोरखा जिल्लामा आज थप ५ जना कोरोना  संक्रमित भनिएका सबै भीमसेन थापा गाउँपालिका बासिन्दा रहेको खुल्न आएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले गोरखाका ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोना संक्रमित हुनेहरुमा गाउँपालिकाको शान्ति मावि वगुवा क्वारेन्टाइनका एक जना, विन्द्रावती मावि मसेलका २ जना र जनजागृती आधारभूत विद्यालय अश्राङ क्वारेन्टाइनका २ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाले जनाएको छ।
थप ५ जनामा कोरोना संक्रमित भएसँगै गोरखाको भीमसेन थापा गाउँपालिकामा संक्रमितको संख्या ३४ पुगेको छ।

संक्रमितहरु सबै भारतबाट आएका हुन्।आज थपिएका ५ जनासँगै गोरखामा संक्रमितको संख्या ८३ पुगेको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप