बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘तिमी उता म यता’ मा मिलन र राजनराजको अभिनय

सोमबार, १५ असार २०७७, १९ : ४७
सोमबार, १५ असार २०७७

 काठमाडौं । गायक राजनराज शिवाकोटी र गायिका मिलन नेवारको यूगल गायन रहेको गीत छ ‘तिमी उता म यता’ सार्वजनिक भएको छ । असार १५को अवसर पारेर सार्वजनिक गरिएको गीतमा शब्द तथा संगीत पनि शिवाकोटीकै छ । 

गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । जसमा गायक गायिका आफैंले अभिनय गरेका छन् । केही दिनअघि दक्षिणकालीमा छायाँकन भएको यो गीतमा लामो समयसम्म एक–आपसमा भेटघाट हुन नपाउँदाको अवस्थाको पीडा र भेट हुने आशा सहितको भावनालाई व्यक्त गरिएको छ ।  राजेशपुमा राईको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप