भारतमा टिकटकमाथि प्रतिबन्ध
भारत सरकारले चीन उत्पत्ति थलो भएका टिकटक लगायत ५९ वटा मोबाइल एप्लिकेशनहरुमाथि प्रतिबन्ध लगाएको छ ।
संसारभरि नै टिकटक मोबाइलका सर्वाधिक लोकप्रियमध्येका एक एप्लिकेशन मानिन्छ । चीन–भारतबीच तनाव बढ्दै जाँदा भारत सरकारले यो प्रतिबन्ध लगाएको हो ।
भारत सरकारले त्यहाँको सूचना प्रविधि कानूनको धारा ६९ए को प्रयोग गर्दै सो प्रतिबन्ध लगाएको हो । सो धारामा भारत सरकार वा उसका कुनै पनि अधिकार प्राप्त सरकारी पदाधिकारीलाई भारतको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय सुरक्षा, छिमेकीहरुसँगको सम्बन्ध तथा जनजीवनमा खलल पार्ने खालका लागेमा त्यस्ता कुराहरुमाथि प्रतिबन्ध लगाउन सकिने व्यवस्था छ ।
भारतमा मात्रै टिकटकका १० करोड सक्रिय प्रयोगकर्ताहरु छन् ।
यी प्रतिबन्धहरु कसरी कार्यान्वय हुन्छ ? त्यो भने हेर्न बाँकी नै छ । तर चाँडै नै भारतमा गुगल प्ले स्टोर र एप्पलको एप स्टोरबाट यी एप्लिकेसनहरु डाउनलोड गर्न नमिल्ने हुनेछन् । कसैले टिकटक लगायत प्रतिबन्धित एप्लिकेसनहरु प्रयोग गर्न खोजे भने पनि इन्टरनेट सेवा प्रदायकको तर्फबाट ‘सरकारको अनुराधेमा यी एप्सहरुसम्म तपाईंको पहुँच निषेध गरिएको छ’ आशयको सन्देश आउनेछ ।
टिकटकलगायतका मोबाइल एप्लिकेसनहरुमा प्रतिबन्ध लगाइएपछि भारतमा हज्जारौं भारतीयहरुले जागिर गुमाउने खतरा पैदा भएको छ ।
भारतमा प्रतिबन्ध लगाइएका मोबाइल एप्लिकेसनहरु निम्नानुसार छन्:
स्रोतः इण्डियन एक्सप्रेस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा