केन्द्रीय संस्करण

विश्वका सय बढी प्रतिष्ठित व्यक्तिहरुको आह्वान– कोभिड-१९ खोप विश्वभर निःशुल्क बाँडौं

person explore access_timeअसार १६, २०७७ chat_bubble_outline0

एजेन्सी । १८ जना नोबेल पुरस्कार बिजेताहरुसहित विश्वका १०० भन्दा बढी प्रतिष्ठित व्यक्तित्वहरुले अन्तर्राष्ट्रिय समुदायका लागि निःशुल्क रुपमा कोभिड १९ खोप बनाउन आह्वान गरेका छन् । उनीहरुले संयुक्त रुपमा जारी गरेको पत्रमा संसारभरका मानिसहरुको भलाई लागि निःशुल्क खोप उपलव्ध गराउन आग्रह गरिएको ढाकास्थित युनुस सेन्टरले जानकारी दिएको छ । यो सेन्टर नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले स्थापित गरेको प्रतिष्ठित संस्था हो । सो आह्वान गर्नेहरुमा विश्वका थुप्रै देशका पूर्व राष्ट्रपति, राजनेता, प्रतिष्ठित कलाकार र अन्तर्राष्ट्रिय संघ संगठनहरु रहेका छन् ।

उक्त सूचीमा डेसमन्ड टुटु, मलाला युसफजई, जर्ज क्लुन, थोमस बाक, मिखाइल गोर्बाचेभ, आन्र्डिया बोसेली जस्ता प्रतिष्ठित व्यक्तित्वहरु रहेका छन् । आइतबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ– ‘हामी सरकारहरु, समाजसेवी, सामाजिक व्यक्तित्व, व्यापारीहरुका अगाडि आएका छौं । विश्वव्यापी रुपमा यो खोप निःशुल्क रुपमा वितरण गर्न अपिल गर्छौं । हामी सबै सामाजिक, राजनीतिक र स्वास्थ्य उद्यमीहरुलाई विश्वभर रहेका कमजोर मानिसहरुलाई जोगाउन र उनीहरुमाथिको सामूहिक उत्तरदायित्वको लागि एकजुट हुन आह्वान गर्दछौं ।’ 

कोभिड–१९ खोप बनाउनका लागि चीन, बेलायत, अमेरिका लगायतक मुलुकहरु लागिरहेका छन् । यो सालको अन्ततिर खोप बन्ने अपेक्षा गरिएको छ । श्रोतः दैनिक जागरण हिन्दी 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.