शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

किन पिउनु हुँदैन पानी पनि धेरै ?

मङ्गलबार, १६ असार २०७७, ०६ : ०८
मङ्गलबार, १६ असार २०७७

दिनभरि घाममा हिँडेपछि हामी सबैलाई तिर्खा लाग्छ । त्यो तिर्खा मेटाउन हामी पानी पिउने गर्छौँ । पानीले हामीलाई धेरै फाइदा पुर्‍याउँछ । हामीले विभिन्न किताबहरुमा पनि पानीको फाइदाहरुका बारेमा पढेका छौँ । तर कहिले काहीँ हाम्रा ठूलाबडाले पनि हामीलाई धेरै पानी पिउने सल्लाह दिनुहुन्छ । के पानी धेरै मात्रामा पिउन सम्भव छ त ? अरु कुरा जस्तै पानी पनि धेरै खाँदा त्यसले हामीलाई असर त गर्दैन ? यो कुरा सबैको चाँसो विषय हुन सक्छ ।

फ्लोरिडा विश्वविद्यालय अन्र्तगत रहेको कलेज अफ हेल्थ एण्ड ह्युमन पर्फमेन्सले पहिले गरेको एक अध्ययनमा म्याराथोन तथा ट्राइएथ्लेटहरुमा वाटर इन्टोक्सिकेसन वा हाइपोएटर्मिया नामक समस्या देखा पर्ने गरेको कुरा उल्लेख गरेका छन् । करिब १८ प्रतिशत घावक र साइकल चालकलाई यो समस्या देखापर्ने गरेको पाइएको छ ।

यस्ता खेलहरु सम्बन्धी खेलाडीहरु कुद्ने क्रममा धेरै मात्रामा पानी पिउने गर्छन् । जसले गर्दा रगतमा प्लास्माको मात्रा वृद्धि हुने गर्छ । प्लास्माको मात्रा वृद्धिले गर्दा हाम्रो रगतमा भएको नुनको मात्रामा कमी आउन थाल्छ । रेसमा कुदी रहँदा हाम्रो शरीरमा भएको नुन पनि पसिनाको माध्यमबाट खर्च भइनै रहेको हुन्छ । जसले गर्दा हाम्रो शरीरमा नुनको मात्रा एकदमै न्यून हुन पुग्छ । जब नुनको मात्रा हाम्रो शरीरमा कम हुनथाल्छहाम्रो शरीर र मष्तिस्क बीच सम्पर्क टुट्न थाल्छ । हाम्रो मुटु पनि असामान्य रुपमा काम गर्न थाल्छ । अन्ततः विस्तारै हाम्रो शरीरका माशंपेसीहरुले सही रुपमा काम नै गर्न छाड्छन् ।

आइभिलेजका विशेषज्ञहरुका अनुसार धेरै पानी पिउनाले हाम्रो शरीरमा केही असामान्य क्रियाकलापहरु देखा पर्ने गरेको कुराको पुष्टि गरेका छन् । जसलाई obsessive-compulsive behaviors भनिन्छ । जब मानिसले पानी अत्याधिक पिउँछ, हाम्रो शरीरलाई चाहिने इलेक्ट्रोलाइटलाई निस्क्रिय पारिदिन्छ । जसले मुटुको धडकनलाई असर पुर्‍याउने गर्छ । यसको उपचार गरेन भने मानिस कोमामा पनि जान सक्छ । कहिलेकाहीँ यसले मानिसको ज्यान पनि लिन सक्छ ।

चिनी धेरै खायो भने तितो हुन्छ । त्यसैले पानी राम्रो हो भन्दैमा यसको धेरै सेवन गर्नु ठीक हुँदैन । फेरि पानीले हानी गर्छ भन्दैमा पानी कम पनि पिउनु हुन्न । यसले हाम्रो शरीरमा नकारात्मक असर पुर्‍याउन सक्छ । त्यसैले हामीले सही मात्रामा पानी पिउने गर्नुपर्छ । औसतमा हाम्रो शरीरलाई तीन क्वाटर पानी चाहिन्छ । जसमध्ये आधा त हामीले खाने खानाबाट नै प्राप्त हुन्छ । आधा भने हामीले पानी तथा अन्य पेय पदार्थबाट मात्रा सन्तुलन गर्नुपर्छ । दिनको ८ देखि १२ ग्लास पानी पिउनु राम्रो मानिन्छ । यसले हाम्रो शरीरलाई सँधै स्वस्थ्य रहन मदत गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप