बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अविरल वर्षापछि सडकमा दर्जनौं पहिरो, सयौँ सवारीसाधन अलपत्र

मङ्गलबार, १६ असार २०७७, १० : १९
मङ्गलबार, १६ असार २०७७

तीन दिनदेखि परेको अविरल वर्षाका कारण जाजरकोट जोड्ने मुख्य सडक अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध भएको सडकमा दर्जनौं ठाउँमा पहिरो गएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । 

छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत छेडाबजार–खलङ्गा सडक पूर्णरूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै सयौँ सवारीसाधन बीच बाटोमा रोकिएका छन् । 

भेरी नगरपालिकाको भुरचौरमा तीन ठाउँमा सडक भासिएको छ । त्यस्तै जाजरकोट–खलङ्गा–पाँचकाटिया हुँदै कुशे गाउँपालिकाको प्रशासकीय केन्द्र भार्मसम्म जोडने सडकसमेत अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण भत्किएको सडक कहिलेसम्म निर्माण हुन्छ भन्ने अनुमान लगाउन गाह्रो भएको प्रजिअ पन्तले बताए ।
 
उनले भने, “सडक डिभिजनका प्रमुखले सडक भत्किएको ठाउँमा गएर कामलाई तीव्रता दिनुभएको छ, जतिसक्दो छिटो निर्माण गर्ने तयारी छ ।” 

त्यस्तै जिल्ला प्रशासन कार्यालयको पर्खालसमेत भत्किएको छ । शिवालय गाउँपालिका–१ स्थित छेडाबजारमा पहिरो आउँदा तीन घर भत्किएका छन् । लगातार पानी परेपछि गाउँगाउँमा टेलिफोन टावर अवरुद्ध हुँदा सञ्चार सेवासमेत अवरुद्ध भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप